• ट्रेण्डिङ्ग :
म्याजिक कम्पनीलाई होला त कारबाही ?
चप्पलमा खुकुरी चिह्न छाप्ने कम्पनीलाई कारबाहीको माग

चप्पलमा खुकुरी चिह्न छाप्ने कम्पनीलाई कारबाहीको माग


  • 4.7K
    SHARES
    • आश्विन १२, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 7.2K Views

    चप्पलमा खुकुरी चिह्न छाप्ने कम्पनीलाई कारबाहीको माग

    काठमाडौं । पूर्व सुरक्षाकर्मी परिषद् नेपालले  चप्पलमा खुकुरी चिह्‌न छापेको भन्दै म्याजिक कम्पनीविरुद्ध आपत्ति जनाएको छ । कम्पनीले  हालै  बजारमा ल्याएको चप्पलमा नेपालको राष्ट्रिय हतियार खुकुरी राख्दा नेपालकै अपमान भएको परिषद्ले उल्लेख गरेको छ ।  विश्वमा वीर नेपालीलाई चिनाउने पहिचानलाई अपमानजनक ढंगले मानिसको पैतालाले टेक्ने भाग र फितामा समेत  छापेको परिषद्का अध्यक्ष  कोमलबहादुर राउतद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । 

    images

    विगत केही वर्षदेखि योजनावद्धरुपमा नेपालीको सानमा आँच पुऱ्याउने गतिविधिहरु विदेशीको इसारामा संचालन हुँदै आएको पनि परिषद्ले उल्लेख गरेको छ । जुत्तामा नेपालको राष्ट्रिय झण्डा,भगवान बुद्धको तस्विर चप्पलमा र नेपाल राष्ट्र एकीकरण हुँदा वीर पूर्खाले प्रयोग गरेको ऐतिहासिक हतियारहरु विदेशीलाई विक्री गर्नेलगायतका क्रियाकलाप पनि राष्ट्रियताविरुद्धका कदम भएको राउतले उल्लेख गरेका छन् ।   

    कुनै पनि देशको राष्ट्रिय चिह्न घुँडाभन्दा मुनिको भागमा प्रयोग गरिनुलाई अपमानजनकरुपमा लिइन्छ । वीरताको प्रतिकका रुपमा युगौंदेखि परिचित राष्ट्रिय हतियारकोरुपमा रहेको खुकुरी कम्मरमा भिर्ने र शिरको टोपीमा लोगोका रुपमा लगाउने नेपालीको सभ्यता तथा पहिचान भएको परिषद्को दाबी छ । 

    चप्पलमा खुकुरी चिह्न छाप्ने हर्कतलाई सरकारले समयमानै आवश्यक अनुसन्धान गर्न नेपाल प्रहरीलाई निर्देशन दिनुपर्ने माग विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै बजारमा उपलब्ध चप्पलहरु यथासिघ्र कब्जामा लिई नष्ट गर्न र दोषीमाथि राष्ट्रिय चिह्नको दुरुपयोग गरेकामा कानुनबमोजिम कारवाही गर्न समेत परिषद्ले सरकारसँग  माग गरेको छ । परिषद्ले  देशभक्त नेपाली बुबाआमा, दाजुभाइ, दिदीबहिनी र सम्पूर्ण बहालवाला तथा पूर्व सुरक्षाकर्मीई खुकुरी चिह्‍न अंकित चप्पल खरिद गरेर  खुट्टामा नलगाउन आग्रह समेत गरेको छ ।