काठमाडौं । विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको समूह र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकता भएको छ । काठमाडौंको राष्ट्रियसभागृहमा बुधबार आयोजित एकता घोषणा कार्यक्रममा दुई पक्षबीच बृहत् एकता भएको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र मिश्रले पार्टी एकताको घोषणापत्रमा हस्ताक्षर गरेका छन्।
दुई पक्षबीच भएको सहमतिअनुसार मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहनेछन्। मिश्र पक्षका अन्य नेताको समायोजन भने एक हप्ताभित्र गरिने भएको छ। प्रदेश र अन्य तहको समितिमा पदाधिकारीको टुंगो लगाउन चार सदस्यीय कार्यदल गठन गरिएको छ । एकता घोषणा गर्दा बटुकहरुले शंख–घण्ट बजाउँदै स्वस्तीवाचन गरेका थिए ।


