• ट्रेण्डिङ्ग :
'वाग्मतीमा कांग्रेसको सरकार बन्यो भने १० हजार विपन्नलाई घर बनाइदिन्छौं' 

'वाग्मतीमा कांग्रेसको सरकार बन्यो भने १० हजार विपन्नलाई घर बनाइदिन्छौं' 


  • 7.3K
    SHARES
    • आश्विन १२, २०७९ बुधबार
    • ३ बर्षs अघि
    • 11.2K Views

    'वाग्मतीमा कांग्रेसको सरकार बन्यो भने १० हजार विपन्नलाई घर बनाइदिन्छौं' 

    काठमाडौं । नेपाली कांग्रेस वाग्मती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले बागमतीमा कांग्रेसको सरकार बन्यो  भने १० हजार विपन्नलाई घर बनाइदिने  प्रतिबद्धता व्यक्त गरेका छन् ।  

    images

    बुधबार काठमाडौंमा प्रतिनिधिसभा र प्रदेश सभाको चुनावी घोषणा पत्रको सुझाव लिन आयोजित कार्यक्रममा बानियाँले पहिलो वर्ष १० हजार विपन्नलाई घर बनाएर विपन्न परिवारहरूलाई वितरण गरिने बताए । ‘बागमती प्रदेशले विपन्न, लोपोन्मुख, सीमान्तकृत, अल्पसंख्यक जनतालाई पहिलो वर्ष नेपाली कांग्रेसले २५ सय घर बनाएर हस्तान्तरण गर्नेछ’, उनले भने, ‘कांग्रेसको सरकार बन्ने वित्तिकै अभियानको शुरु गर्नेछ ।’

    यस्तै उनले उनले बागमती प्रदेशमा उत्पादन हुने किबीसहितका फलफूलबाट गुणस्तरीय रक्सी बनाउन सकिने बताए ।  ‘विदेशबाट आउने रक्सीलाई कम आयात होस् भनेर आफ्नै स्थानीय कृषिका उपज प्रयोग गरेर रक्सी बनाउनुपर्छ’, उनले भने, ‘विदेशबाट आयात हुने कपडामा कर बढाएर जाने । स्वदेशी समानलाई प्रयोग गर्नुपर्छ ।’

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • तेस्रो आँखा