कराँची । पाकिस्तानमा चिनियाँमाथि हमला भएको छ । पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा रहेको एउटा दन्त चिकित्सालयमा चिनियाँमाथि हमला भएको हो ।
हमलामा एक चिनियाँ नागरिकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घाइते हुनेमा एक महिला पनि छन् ।
पीडित सबै चिनियाँ नागरिक रहेका प्रहरीले पुष्टि गरेको छ । घाइते दुवैजनाको अवस्था चिन्ताजनक छ । उनीहरुको पेटमा गोली लागेको छ ।
प्रहरीका अनुसार आक्रमणकारीहरू बिरामी भएको बहाना गर्दै कराँचीको सहर क्षेत्रमा रहेको क्लिनिकमा प्रवेश गरेका थिए । घटनाबारे अनुसन्धान गर्न सिन्ध प्रान्तका मुख्यमन्त्रीले निर्देशन दिएका छन् ।
