काठमाडौं । अष्ट-चन्द्र स्मृति प्रतिष्ठानले १५ औं स्मृति दिवसको पुण्य तिथिमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । ईग : मुग टोल ,थसि,वडा नम्बर ६,महालक्ष्मी नगरपालिका,ललितपुरमा रक्तदान कार्यक्रम गरेको हो ।
महालक्ष्मी नगरपालिका वडा नम्बर ६,का वडाध्यक्ष धर्म महर्जनको प्रमुख आतिथ्यतामा आयोजित उक्त विशेष रक्तदान कार्यक्रममा देशकै सर्वाधिक रक्तदाता प्रेमसागर कर्माचार्यलाई सम्मान-पत्र प्रदान गरि सार्वजनिक रूपमा अभिनन्दन गरिएको थियो ।
नेपाल स्वयंसेवी रक्तदाता समाज,महालक्ष्मी नगरपालिका वडा नम्बर ६ नगर समितिका अध्यक्ष दशबहादुर महर्जन अतिथि रहेको सो कार्यक्रमका सभापति अष्ट-चन्द्र स्मृति प्रतिष्ठानका अध्यक्ष वुद्धि बहादुर महर्जन थिए ।
महेन्द्र महर्जनद्वारा संयोजन गरिएको उक्त विशेष रक्तदान कार्यक्रममा महिला तथा पुरूष गरि ३३ स्वयंसेवी रक्तदाताहरूले स्वयंसेवी तवरले रक्तदान गरेका थिए ।
