• ट्रेण्डिङ्ग :
युक्रेनका चार क्षेत्र रुसमा गाभिने !

युक्रेनका चार क्षेत्र रुसमा गाभिने !


  • 4.6K
    SHARES
    • आश्विन १३, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 7.0K Views

    युक्रेनका चार क्षेत्र रुसमा गाभिने !

    रुस । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार युक्रेनका थप चारवटा क्षेत्र रुसी भू-भागमा गाभिने औपचारिक पत्रमा हस्ताक्षर गर्ने भएका छन् । 

    images

    रुसले ती क्षेत्र आफ्नो भूभागमा गाभ्ने विषयमा हालै जनमतसंग्रह गराएको थियो । मताधिकार प्रयोग गर्नेहरूले व्यापक सहयोग र समर्थन प्रदर्शन गरेको रुसले दाबी गरेको थियो । तर, पश्चिम जगत र युक्रेनले भने जनमतसंग्रहलाई ‘बहाना मात्रै भएको’ भन्दै आलोचना गरेका थिए ।  


     पूर्वी युक्रेनका दोनत्स्क र लुहान्स्क तथा दक्षिणी क्षेत्रका जापोरिझझिया तथा खेर्सोनमा पाँचदिन लगाएर उक्त मतदान सम्पन्न गराइएको हो ।  हस्ताक्षर कार्यक्रममा पुटिनले क्रेमलिनमा ‘विशेष तथा महत्वपूर्ण भाषण’ दिने कार्यक्रम पनि रहेको छ । 
     यसअघि नै रेडस्क्वायरमा ठूलो मन्च बनाएर ती चार क्षेत्र रुसको स्वामित्वमा आइसकेको सूचना विलवोर्डमार्फत प्रदर्शन गर्ने काम सुरु भइसकेको छ । सन् २०१४ मा पनि रुसले युक्रेनको क्राइमियामा यसरी नै जनमतसंग्रह गराएर त्यसलाई आफ्नो भूभागमा गाभेको थियो । 

    यसैगरी यी चार क्षेत्रमा अवैध चुनाव गराइएको भन्दै युरोपेली संघले रुसमाथि नाकाबन्दी लगाउने प्रतिबद्धता जनाइसकेको छ । बीबीसी


    तेस्रो आँखा