• ट्रेण्डिङ्ग :
किन रोकियो सभामुख र उपसभामुखको तलबभत्ता  ?

किन रोकियो सभामुख र उपसभामुखको तलबभत्ता  ?


  • 3.6K
    SHARES
    • आश्विन १४, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 5.6K Views

    किन रोकियो सभामुख र उपसभामुखको तलबभत्ता  ?

    काठमाडौं । अदालतको आदेश नआएसम्म प्रतिनिधिसभाका सभामुख र उपसभामुखको तलबभत्ता रोकिने भएको छ । सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको तलबभत्ता रोकिएपछि उनीहरूका स्वकीयहरूले पाउने तलबभत्ताको रकम पनि रोकिएको हो ।

    images

    संसद् सचिवालयले असोज १ पछि उनीहरूले पाउने सबै तलबभत्ताको रकम रोकेको हो ।  अदालतको फैसला नआएसम्म असोज १ पछिका सेवासुविधा रोकिएको स्रोतले बताएको छ । सभामुखको कार्यकालबारे प्रश्न उठाउँदै सर्वोच्च अदालतमा गत असोज ६ गते रिट दायर भएको थियो।

    समानुपातिकतर्फको बन्दसूची बुझाउने अघिल्लो दिनसम्म संसद्को कार्यकाल रहेकाले सभामुख र उपसभामुख कायम रहने वा नरहने भन्ने विषय विवादित छ। 


    तेस्रो आँखा