• ट्रेण्डिङ्ग :
सल्यानमा जिप दुर्घटना, दुईजनाको मृत्यु

सल्यानमा जिप दुर्घटना, दुईजनाको मृत्यु


जिपमा चालकसहित १९ यात्रु थिए । घाइते १७ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा लगिएको छ ।

  • 5.1K
    SHARES
    • आश्विन १५, २०७९ शनिबार
    • ३ बर्षs अघि
    • 7.8K Views

    सल्यानमा जिप दुर्घटना, दुईजनाको मृत्यु

    काठमाडौं । सल्यानमा शनिबार बिहान जिप दुर्घटना भएको छ । रा.१ज ५९८ नम्बरको जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images

    सल्यानको खैराबाङ मन्दिरतर्फ दर्शन गर्न जाँदै गरेको जिप शनिबार बिहान पौने ७ बजे कुमाख गाउँपालिका ७, जिमालीमा दुर्घटनामा भएको हो ।

    दुर्घटनामा कुमाख गाउँपालिका ७ का ३९ वर्षीय मानबहादुर पुन र १४ वर्षीया यनका पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । चार दिनअघि मात्र सल्यानको मूलपानीमा जिप दुर्घटना हुँदा आठजनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यु भएको थियो ।

    जिपमा चालकसहित १९ यात्रु थिए । घाइते १७ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा लगिएको छ ।

  • सम्बन्धित विषय:

  • # दुर्घटना

  • तेस्रो आँखा