• ट्रेण्डिङ्ग :
फोटो कथा
तस्बिरमा सिकाली

तस्बिरमा सिकाली


  • 4.5K
    SHARES
    • आश्विन १६, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 6.9K Views

    तस्बिरमा सिकाली

    काठमाडौं । मुखेन्जीको दसैँ ललितपुर खोकनाका स्थानीयलाई खासै मतलब छैन । तर, दसैँ अवधिभर घटस्थापनादेखि फूलपातीसम्म  खोकनावासी सिकाली जात्रा मनाउँदै आएका छन् । प्रत्येक वर्ष दसैंको साटो ‘सिकाली जात्रा’  मनाउने गर्छन् खोकनावासी । 

    images

    _MG_9793.jpg

    हिन्दु धर्मका विभिन्न १४ देवीदेवताको पूजाआजाका साथै परम्परागत नाच तथा संगीत प्रदर्शन गरिन्छ। दसैंको अवधिभर मनाइने यो जात्रामा आफन्त तथा साथीभाइलाई बोलाएर खुवाउने, नाचगान तथा जात्रा देखाउने गरेको स्थानीय बताउँछन् ।

    SRG_9841.jpg

    स्वस्थानी कथामा आधारित नाचमा महालक्ष्मीले महिषासुरलाई वध गरेको खुसियालीमा खोकनाका नेवार समुदायले मनाउने सिकाली जात्रामा ४६ देवगणसहित सिकाली चौरमा हुने अश्वमेध यज्ञ र ४६ देवगण, वीरभद्र र महाकाली, भैरव र देवताको खट गाउँ परिक्रमा गराउँदै मनाउने गरेका छन् ।

    _MG_9990.jpg

    जात्रा घटस्थापनाबाट सुरु भइ फूलपातीसम्म जारी रहन्छ ।  आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर–घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।

    SRG_9897.jpg

    _MG_9794.jpg

    SRG_9827.jpg

  • सम्बन्धित विषय:

  • # शिकाली जात्रा

  • तेस्रो आँखा
    लेखकबाट थप