• ट्रेण्डिङ्ग :
‘फोटो बोल्छ’ शृंखला
थाहा छ ? अब तेस्रो आँखामा ‘फोटो बोल्छ’ नि !

थाहा छ ? अब तेस्रो आँखामा ‘फोटो बोल्छ’ नि !


  • 7.7K
    SHARES
    • आश्विन १६, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 11.9K Views

    थाहा छ ?  अब  तेस्रो आँखामा ‘फोटो बोल्छ’ नि !

    गाह्रो हुन्छ । हो ! साँच्चै हो तस्बिरको बयान गर्न गाह्रो हुन्छ । केही महिनाअघि मात्रै सामाजिक सञ्जालमा एउटा तस्बिर आयो । दक्षिण अफ्रिकाको लुंगाना राष्ट्रिय निकुञ्जमा वन्यजन्तु फोटोग्राफर शकिफ मुल्लाले खिचेको उक्त तस्बिरमा शब्द फिक्का लाग्यो । खाँचो परेन । तस्बिरमा माउ बादरलाई एउटा चितुवाले मारेर मुखमा झुण्डिइरहेको थियो । मृत माउ बादरको अँगालोमा उसको बच्चा झुण्डिरहेको थियो । जसले संसारलाई विक्षिप्त बनायो । मुटु जलायो । अहिले पनि त्यो फोटो देख्नेले मुटुबाट शब्द होइन गहभरि आँशु झार्छन् । 

    भनिन्छ, ‘हजार शब्द एउटा तस्बिरले बताइदिन्छ ।’ तस्बिरले शब्द लेख्दैन तर बुझ्ने भाषामा गन्न नसक्ने शब्दहरु बताइरहेको हुन्छ । त्यो सत्ताको चित्र होस् या शक्तिको । यसकारण पनि फोटोको महत्व अलग्गै छ । फोटोलाई सुन्दरतासँग झनै जोडिन्छ । रतः विशेष छ । कतिले भन्ने पनि गरेका छन्, ‘शब्दको बयान गर्न सकिन्छ तस्बिरको बयान गर्न कठिन हुन्छ ।’

    images

    1111.jpg

    गाह्रो हुन्छ । हो ! साँच्चै हो तस्बिरको बयान गर्न गाह्रो हुन्छ । केही महिनाअघि मात्रै सामाजिक सञ्जालमा एउटा तस्बिर आयो । दक्षिण अफ्रिकाको लुंगाना राष्ट्रिय निकुञ्जमा वन्यजन्तु फोटोग्राफर शकिफ मुल्लाले खिचेको उक्त तस्बिरमा शब्द फिक्का लाग्यो । खाँचो परेन । तस्बिरमा माउ बादरलाई एउटा चितुवाले मारेर मुखमा झुण्डिइरहेको थियो । मृत माउ बादरको अँगालोमा उसको बच्चा झुण्डिरहेको थियो । जसले संसारलाई विक्षिप्त बनायो । मुटु जलायो । अहिले पनि त्यो फोटो देख्नेले मुटुबाट शब्द होइन गहभरि आँशु झार्छन् । त्यसैले भनिएको होला फोटोमा शक्ति हुन्छ । हामीले ती र त्यस्तै तस्बिर तेस्रोआँखा डटकममार्फत  ‘फोटो बोल्छ’ शृंखला सुरु गर्ने जमर्को गर्‍यौँ । आजको आइतबारमा विभिन्न ठाउँमा खिचेका तस्बिरको भारी तपाईंको (हातको मोबाइल, कम्प्युटर, ल्याप्टपलगायत इन्टरनेट र ब्राउजर खुल्ने साधन) चौतारोमा बिसायौँ :

    3 p.jpg

    यसरी जान्छन् कर्णालीवासी स्वर्ग । तस्बिर : डा. नवराज केसी 

    1 p.jpg

    हाम्रा लागि पनि भगवान छन् । हामी पनि मन्दिरमा । सिन्धुपाञ्लोक मेलम्चीस्थित गत वर्षको बाढीको सिकार परेको इन्द्रावती खोला नजिकैको मन्दिरमा बाल र बालिका ।  तस्बिर : रोशन पोखरेल 

    6 p.jpg 

    11.JPG

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडिरहेको जहाज बादलमा पस्यो । जसले खाडीदेखि नेपालको बेरोजगार, भ्रष्टाचार, बेथितिसम्मका अनेकौँ सपनाहरु बोकेको थियो । तस्बिर : चिरण भण्डारी

    5 p.jpg

    मुखेन्जीको दसैँभन्दा महत्त्वपूर्ण मान्छन् ललितपुर खोकनावासी सिकाली जात्रा । उक्त संस्कृति बजाउन लागेकी नारी । 

    309836028_1070108503871637_5480117491566462868_n.jpg

    दसैँमा पिङ खेल्दै बालिका। तस्बिर : अमित माचामासी

    (हामीले छानेका तस्बिर तपाईंलाई कस्तो लाग्यो कुन्नि ? तपाईंसँग पनि यस्तै तस्बिर छन् भने [email protected] मा पठाउनुहोस् हैँ । तपाईंका तस्बिर ‘फोटो बोल्छ’ शृंखलामा प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।)

  • सम्बन्धित विषय:

  • # फोटो बोल्छ

  • तेस्रो आँखा
    लेखकबाट थप