• ट्रेण्डिङ्ग :
काठमाडौं महानगर
१०२ मा फोन गरे निःशुल्क एम्बुलेन्स सेवा पाइने

१०२ मा फोन गरे निःशुल्क एम्बुलेन्स सेवा पाइने


  • 5.6K
    SHARES
    • आश्विन १७, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 8.7K Views

    १०२ मा फोन गरे निःशुल्क एम्बुलेन्स सेवा पाइने

    काठमाडौं ।  दसैँ बिदाको अवधिभरमा काठमाडौं महानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । 

    images

    दसैं बिदामा प्राय: एम्बुसेन्स सेवा बन्द हुने र सो अवधिमा नागरिक बिरामी पर्दा एम्बुलेन्स नपाउने समस्या नपरोस् भन्दै महानगरले नागरिकको सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा दिन थालेको हो ।

    महानगरले एक सूचना प्रकाशित गरी एम्बुलेन्स सेवाका लागि १०२ तथा डेंगु समस्याबारे जानकारी लिन ११८० मा फोन गरेर सेवा लिन सकिने जनाएको छ । 

    यसैगरी महानगरले हाल काठमाडौँसहित देशैभरिमा डेंगु रोग महामारीकै रुपमा फैलिरहेकाले नागरिकको उपचारका लागि स्वास्थ्य सेवा पनि उपलब्ध गराउने जनाएको छ । महानगरले आफ्ना स्वास्थ्य स्वयंसेवक खटाई डेंगुबारे जानकारी लिने र बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने जनाएको हो ।

    यतिमात्र नभई दसैं बिदा अवधिभरमा महानगर पालिकाले पाँच सय ५८ स्वयंसेवक खटाउने भएको छ । उनीहरुले महानगरका नागरिकलाई सिटामोल र जीवनजल वितरण गर्ने योजना बनाइएको छ ।

  • सम्बन्धित विषय:

  • # महानगरपालिका

  • तेस्रो आँखा