• ट्रेण्डिङ्ग :
 न्यून आय भएका परिवारका लागि दुई हजार घर निर्माण गरिने

 न्यून आय भएका परिवारका लागि दुई हजार घर निर्माण गरिने


  • 4.0K
    SHARES
    • आश्विन १७, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 6.1K Views

     न्यून आय भएका परिवारका लागि दुई हजार घर निर्माण गरिने

    कोलम्बो । श्रींलकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेले निम्न आय भएका परिवारका लागि श्रीलङ्का सरकारले दुई हजार नयाँ आवास उपलब्ध गराउने बताएका छन् ।

    images

    अक्टोबर महिनाको पहिलो सोमबार मनाइने विश्व वासस्थान दिवसका अवसरमा एक सन्देश जारी गर्दै राष्ट्रपति विक्रमासिङ्घेले श्रीलङ्काले दिगो विकास लक्ष्य हासिल गर्न आवश्यक रहेको र देशले यस्तो समाज निर्माण गर्नुपर्ने बताएका छन् । उनले मानिसहरू आफ्नै घरमा खुशीसाथ बाँच्न सकून् भन्ने सरकारको सदिक्षा रहेको बताए । 

    उनले भने, “यो योजनालाई वास्तविकतामा परिणत गर्न सरकारले न्यून आय भएका परिवारका लागि दुई हजार आवास निर्माण सुरु गर्नेछ । यो परियोजनाले सहरी क्षेत्रलाई मात्र नभई अर्ध–सहरी जनसङ्ख्यालाई पनि फाइदा पुर्‍याउनेछ ।” 

    राष्ट्रपति विक्रमासिङ्घेले न्यून आय भएका परिवारलाई उनीहरूको आवश्यकताका बारेमा परामर्श गरी आवास एकाइ उपलब्ध गराउनुपर्ने बताए ।  


    तेस्रो आँखा