• ट्रेण्डिङ्ग :
स्वागतयोग्य कदम
बाबुराम जस्तो ‘देउवा–ओली–प्रचण्ड’ले पनि गरून् !

बाबुराम जस्तो ‘देउवा–ओली–प्रचण्ड’ले पनि गरून् !


जसलाई नेपाली जनता ‘रेड कार्पेट’ओछ्याएर स्वागत गर्न आतुर छन्

  • 5.4K
    SHARES
    • आश्विन १७, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 8.2K Views

    बाबुराम जस्तो ‘देउवा–ओली–प्रचण्ड’ले पनि गरून् !

    काठमाडौं । पूर्वप्रम डा. बाबुराम भट्टराईले सोमबार एक बोल्ड निर्णय गरे । नेपाली राजनीतिका विश्लेषकलाई उल्लुको पठ्ठा बनाए । विश्लेषकको दाबी थियो, ‘प्रचण्डसँग बाबुराम मिल्नु  गोरखामा चुनाव जित्नका लागि मात्रै हो । बाबुरामको स्वार्थ त्यतिसम्म मात्रै हुनेछ ।’

    images

    आखिर प्रचण्डसँगको पछिल्लो समय भइरहेको ‘साठगाँठ सिनारियो’ पनि त्यहीँ थियो । स्थानीय तहको निर्वाचनले पनि त्यहीँ देखाएको थियो । गोरखामा माओवादी बलियो हुँदा बाबुराम कमजोर बन्दै गएका थिए । त्यसको विकल्प प्रचण्डसँग मिलेमतो गरेर चुनाव जित्ने दाउमा बाबुराम छन् भनिएको थियो ।

    तर, भविष्य भन्न नसकिने राजनीतिमा त्यो बुझाइ उल्टो भयो । विमुख भयो । गलत सावित भयो ।  अब बाबुराम आगामी मसिंर ४ को चुनाव लड्दैनन् । आफ्ना लागि मत माग्दैनन् ।  के थाहा ? नयाँ शक्ति भन्ने बाबुरामले चेक गरेर पुरानै शक्तिमा फर्किसकेका छन् यहीँ विन्दुबाट बाबुरामले राजनीति यात्राबाट सन्‍न्यास लिन्छन् कि ! विश्राम लिन खोजेका हुन् कि ! यो अनुमान गरिएको थियो । 

    2.JPG

    यसको जवाफ बाबुरामले आफ्नै शैलीमा दिएका छन्, ‘चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन! कतिपय मानिसहरूले जानेर नजानेर त्यस्तो सोच्न र भन्न सक्छन्। सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन। तर, सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनता/समाजको सेवा गर्ने साधन हो ।म त्यसमा विश्वास गर्छु र आजीवन त्यहीँ मार्गमा लागिरहनेछु। पार्टीको काम र जनसेवामा म निरन्तर खटिरहनेछु।’ बाबुरामको यो भावमा पक्कै परिर्वतन मिसिएको थियो ।

    तर, बाबुरामले आज गरेकाे निर्णयले नेपाली राजनीतिमा एक सन्देश भने छर्न खोजेको पक्कै हो । सधैँ सत्ता, भत्ता र कुर्सीकै लागि लड्ने नेताले ‘अरुलाई पनि अवसर दिऊन्, ठाउँ दिऊन् हामीभन्दा अरु पनि अब्बल छन्’ बाबुरामले प्रष्टभन्दा अरु नेतामाथि नैतिकताको प्रश्न एकपटक तेर्सिएका छन् ।

    हुनतः नेपाली राजनीतिका नेतामा नैतिकता भन्ने कोसँग नै छ र ? तर, बाबुरामले थोरै भए पनि देखाए । नेपाली जनताको मागलाई सम्बोधन गरे । कि,  ‘अब शेरबहादुर देउवा, केपी ओली, प्रचण्ड चुनाव लड्न नआउन् । स–सम्मान बिदा हुन् ।’

    310562760_686567502834084_2199851576142002723_n.jpg

    जनताको यो मागलाई बाबुरामले सम्बोधन गरेर एक इट्टा थपिदिएका छन् । बेलाबखत ‘डाइनामिक’ निर्णय गर्ने बाबुरामले यतिबेला पनि उस्तै गरेको बाहिर बुझाइ छ ।

    बाबुराम भट्टराईको यो कदम स्वागतयोग्य मात्रै छैन । नयाँका लागि अवसरमा बल पुग्ने छ । कुर्सीका लागि लुछाचुँडी गरेर सत्ता लिप्सामा रमाउनुपर्छ भन्ने संस्कार गोडमेल गरेकालाई नैतिक संकट समेत परेको छ । 

    यतिबेला सामुहिक प्रश्न छ, ‘बाबुरामको सिको प्रचण्डले गरून्, देउवाले गरून्, ओलीले गरून्, अरु नेताले पनि गरून् ।’

    जसलाई नेपाली जनता ‘रेड कार्पेट’ओछ्याएर स्वागत गर्न आतुर छन् ।

  • सम्बन्धित विषय:

  • # डा. बाबुराम भट्टराई

  • तेस्रो आँखा
    लेखकबाट थप