धनुषा । जनकपुरधामको जनकपुर कदम चोकमा भीषण आगलागी भएको छ । उक्त चोकको हेलमट पसलबाट गय राति सुरु भएको आगोले सँगै रहेका तीनघरमा समेत क्षति पुगेको हो ।
आगलागीमा परि ३ जना घाइते भएका छन् भने एक जनाको अवस्था चिन्ताजनक रहेको छ । घाइते हुनेमा उक्त गोदाममा काम गर्ने धनुषा लक्ष्मीनियाँ गाउँपालिका वडा २ सिनुरजोडाका अन्दाजी वर्ष २२ वर्षका सुभाष यादव रहेका छन् ।
अन्य तीन जनाको पहिचान खुल्न नसकेको बताइएको छ । यादवउपचारका लागि काठमाडौं ल्याइएको जनकपुर प्रादेशिक अस्पतालले जनाएको छ ।
