• ट्रेण्डिङ्ग :
ब्राजिलमा नयाँ राष्ट्रपति चयनका दोस्रो चरणको मतदान हुँदै, बोल्सोनारो र लुलाले कति मत पाए ?

ब्राजिलमा नयाँ राष्ट्रपति चयनका दोस्रो चरणको मतदान हुँदै, बोल्सोनारो र लुलाले कति मत पाए ?


  • 4.5K
    SHARES
    • आश्विन १८, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 7.0K Views

    ब्राजिलमा नयाँ राष्ट्रपति चयनका दोस्रो चरणको मतदान हुँदै, बोल्सोनारो र लुलाले कति मत पाए ?

    काठमाडौं । ब्राजिलमा नयाँ राष्ट्रपति चयनका लागि दोस्रो चरणको मतदान हुने भएको छ । दोस्रो चरणको मतदान अक्टोवर ३० मा हुने बताइएको छ ।

    images

    निर्वाचन आयोगले गत आइतबार सम्पन्न पहिलो चरणको चुनावमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त नगरेपछि दोस्रो चरणमा मतदान हुने भएको हो ।

    ९५ प्रतिशत मत गणना हुँदा पूर्वराष्ट्रपति लुलाले ४७.६ प्रतिशत मतसहित अग्रता लिएका छन् भने यता वर्तमान राष्ट्रपति बोल्सोनारोले ४३.९ प्रतिशत मत हासिल गरे ।

    विद्युतीय मतदान प्रणालीमाथि प्रश्न गर्दै आएका बोल्सोनारोले भने ‘पारदर्शी’ चुनाव हुनु पर्ने बताउँदै आएका छन् । आफू पराजित भएमा नतिजा स्वीकार गर्ने या नगर्ने भन्ने सम्बन्धमा पत्रकारले सोधेको प्रश्नको बोल्सोनारोले स्पष्ट जवाफ नदिएको समाचार संस्था एएफपीले जनाएको थियो ।

    अधिकांश मत सर्वेक्षणहरूले लुलालाई बोल्सोनारो भन्दा १० देखि १५ प्रतिशत मत अघि देखाएता पनि जित हासिल गर्न भने सकेनन् ।

  • सम्बन्धित विषय:

  • # बोल्सोनारो र लुला

  • तेस्रो आँखा
    लेखकबाट थप