कोपेनहेगन । डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले आगामी नोभेम्बर १ का लागि आम निर्वाचनको घोषणा गरेकी छन् ।
‘सोसल डेमोक्रयाटिक नेताले एक पत्रकार सम्मेलनमा भने, “मैले आज महारानीलाई फोल्केटिङ ९संसदीय० निर्वाचन गरिने जानकारी गराएको छु ।”
सन् २०१९ को जुनदेखि सत्तामा रहेका फ्रेडरिक्सनले डेनिस प्रणालीअन्तर्गत सन् २०२३ को जुनसम्ममा चुनाव घोषणा गर्नुपर्ने थियो ।
तर उनले अल्पमतको सरकारलाई समर्थन गर्ने एउटा सानो दलको चेतावनीको सामना गर्नुपरेको थियो र अक्टोबर ६ मा संसदको पहिलो बहस अघि नै चुनाव गराउन माग गरेका थिए ।
हालैका सर्वेक्षणहरूले सोसल डेमोक्रयाट्सको नेतृत्वमा धेरै वामपन्थी पार्टीहरूको ‘रेड ब्लक’ लाई ४७ देखि ५० प्रतिशतको बीचमा मत दिएको छ, जबकि ‘ब्लू ब्लक’ को लागि ४९ देखि ५० प्रतिशत मत छ । ब्लु ब्लकमा लिबरल पार्टी, कन्जरभेटिभ पार्टी र तीन राष्ट्रवादी दक्षिणपन्थी पार्टीहरू समावेश छन् ।
ग्रीनल्याण्ड र फारो टापुका विदेशी सांसदहरूको समर्थन बिना डेनमार्कको संसद्मा कुनै पनि समूहको बहुमत पुग्दैन ।
