काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसका नेता तथा १४ औं महाधिवेशनमा उपसभापतिका प्रत्यासी चन्द भण्डारीले पार्टीमा परिवर्तनको विषय उठेपनि नेता कार्यकर्तामा पुरानै ढर्रा हावी भएको बताएका छन् ।
आफु पक्षिय महाधिवेशन प्रतिनिधिलाई धन्यावाद दिने कार्यक्रममा बोल्दै नेता भण्डारीले सत्ता र शक्तीका आडमा महत्वकांक्षी बोकेका नेता कार्यकर्ता धरमराएको दावी गरे । उनले त्यस्ता नेतालाई १५ औं महाधिवेशनले निर्णय गर्ने दावी गरे ।
उनले आफुलाई आफुलाई महान मान्नेहरु सत्ताका पक्षमा उभिएको भन्दै सबै कुरा सत्ता र शक्तीले प्राप्त नगर्ने भन्दै विवेक पुर्याए अघि बढ्न आग्रह गरे । उनले पैसाको आडमा १४ औं महाधिवेशनको नेतृत्व देउवाले आफ्नो पोल्टामा पारेको आरोप लगाए । उनले अब पार्टीमा गुटको राजनीति अन्त्य हुन आवश्यक रहेको बताए ।
