• ट्रेण्डिङ्ग :
कांग्रेस संस्थापनइतर पक्षले बोलायो छुट्टै बैठक  

कांग्रेस संस्थापनइतर पक्षले बोलायो छुट्टै बैठक  


  • 3.3K
    SHARES
    • आश्विन २०, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 5.0K Views

    कांग्रेस संस्थापनइतर पक्षले बोलायो छुट्टै बैठक  

    काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर पक्षले आगामी आम निर्वाचनमा उम्मेद्वार बन्न ईच्छुकको नाम संकलन गर्न आज छुट्टै बैठक बोलाएको छ।

    images

    संस्थापनइतर पक्षले आज दिउँसो २ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला बोलाएको हो । नेता गुरुराज घिमिरेका अनुसार  आजको भेलामा यसअघि गरिएका खबरदारी अभियानको समीक्षा गरिने छ । घिमिरेले बैठकमा खबरदारीपछि सच्याएर बुझाइएको समानुपातिक उम्मेदवारको बन्दसूचीबारे समीक्षा हुने बताए । 

     यस्तै नेता घिमिरेले प्रत्यक्षतर्फ उम्मेदवार बन्न इच्छुक र सक्षम आफ्नो समूहका व्यक्तिको नाम संकलन गरिने र उनीहरुको सूची संसदीय समिति (बोर्ड) मा रहेका सदस्यलाई बुझाउने विषयमा छलफल हुने बताए।


    तेस्रो आँखा