• ट्रेण्डिङ्ग :
राजनीति
जसपा ‘प्राइभेट कम्पनी’ भयो ? त्यहीँ भन्छन् नेता

जसपा ‘प्राइभेट कम्पनी’ भयो ? त्यहीँ भन्छन् नेता


नेता–कार्यकर्ताको सामूहिक राजीनामा

  • 4.8K
    SHARES
    • आश्विन २०, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 7.4K Views

    जसपा ‘प्राइभेट कम्पनी’ भयो ? त्यहीँ भन्छन् नेता

    जसपा  प्राइभेट लिमिटेड पार्टीको रुपमा काम गरकाले सामूहिक राजिनामा दिएको  जसपा नेपालका केन्द्रिय परिसद सदस्य रामचलितर साहले  बताए । जसपाका नेताहरूले पार्टीलाई आफनै विरासत सम्झिने गरेकोले आफूहरु  बाध्य भएर राजिनामा गर्नुपरेको उनले बताए । जसपाले ३ वर्ष केन्द्र सरकार र पाँच वर्ष प्रदेश सरकार चलायो तर बिकास निर्माणको काममा सिराहा शून्य रहेको उनले दुख व्यक्त गरे ।पार्टीले मुख्य एजेन्डा छोडेपछि  आफुहरु पार्टी परित्याग गर्न बाध्य भएको मधेश प्रदेश सदस्य मनोज कुमार सिंहले  बताए

    सिराहा । सिराहामा जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय सदस्यसहितका नेता तथा कार्यकर्ताहरुले सामूहिक राजीनामा दिएका छन् । जसपा नेपालका केन्द्रीय परिसद सदस्य रामचलितर साह र प्रदेश सदस्य मनोज सिंह,लगायतका नेता तथा कार्यकर्ताहरुले एक कार्यक्रम आयोजना गरी पार्टीबाट सामूहिक राजीनामा दिएका हुन् ।

    images

    जसपा  प्राइभेट लिमिटेड पार्टीको रुपमा काम गरकाले सामूहिक राजीनामा दिएको  जसपा नेपालका केन्द्रीय परिसद सदस्य रामचलितर साहले  बताए । जसपाका नेताहरूले पार्टीलाई आफनै विरासत सम्झिने गरेकोले आफूहरु  बाध्य भएर राजीनामा गर्नुपरेको उनले बताए ।

    जसपाले ३ वर्ष केन्द्र सरकार र पाँच वर्ष प्रदेश सरकार चलायो तर बिकास निर्माणको काममा सिराहा शून्य रहेको उनले दुख व्यक्त गरे । पार्टीले मुख्य एजेन्डा छोडेपछि  आफुहरु पार्टी परित्याग गर्न बाध्य भएको मधेश प्रदेश सदस्य मनोज कुमार सिंहले  बताए ।

    सामूहिक राजीनामा दिएका नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमा पार्टी प्रवेश गर्ने स्रोतको दावी छ । जसपाका मधेश प्रदेश सदस्य मनोज कुमार सिंह अघिल्लो निर्वाचनमा प्रदेश सभा सदस्य र दोस्रोपटकको स्थानिय तह निर्वाचनमा नगर प्रमुखका प्रत्यासी थिए ।

    सिंहलाई मङ्सिर ४ गतेहुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा एमालेले प्रदेश ३ बाट टिकट दिने भएकोले जसपा परित्याग गरि एमाले प्रवेश गर्ने स्रोतले दावी गरेको छ ।

  • सम्बन्धित विषय:

  • # राजीनामा

  • तेस्रो आँखा
    लेखकबाट थप