• ट्रेण्डिङ्ग :
गोली चल्दा पूर्वमेयरसहित १८ जनाको मृत्यु

गोली चल्दा पूर्वमेयरसहित १८ जनाको मृत्यु


  • 4.0K
    SHARES
    • आश्विन २०, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 6.2K Views

    गोली चल्दा पूर्वमेयरसहित १८ जनाको मृत्यु

    काठमाडौं । मेक्सिकोको दक्षिण पश्चिम क्षेत्रमा केही बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा पूर्वमेयरसहित १८ जनाको मृत्यु भएको छ ।

    images

    बुधबार अपराह्न मेक्सिकोको सेन मिगुएल तोतोपेन शहरका मेयर कोनरेडो मिगुएल अलमेडासहित १८ जनाको गोली लागेर मृत्यु भएको जनाएको छ । आक्रमणमा केही प्रहरी र पूर्वमेयर अलमेडाका बुवा ख्वान मेडोजा अकोस्टाको पनि मृत्यु भएको छ ।

    स्थानीय प्रहरीका अनुसार बन्दुकधारीले बुधबार अपराह्न २ बजेतिर टाउन हल क्षेत्रमा प्रवेश गरी गोली प्रहार गरेका थिए । आक्रमणकारीले पूर्वमेयर अलमेडाका बुवाको घरमै गएर गोली चलाएका थिए । त्यसअघि उनीहरुले सुरक्षाकर्मीलाई शहरमा प्रवेश गर्न नदिने उद्देश्यले शहरलाई जोड्ने सडकहरुमा ठूला गाडी तेर्स्याएका थिए ।

    यो आक्रमणमा कसको संलग्नता छ भन्ने खुलिसकेको छैन । घटनाको अनुसन्धान जारी रहेको स्थानीय सुरक्षा अधिकारीहरुले बताएका छन् । बीबीसी 


    तेस्रो आँखा