• ट्रेण्डिङ्ग :
शेखर कोइरालाले भने- म पराजित भए पनि हामी विजयी भएका छौँ 

शेखर कोइरालाले भने- म पराजित भए पनि हामी विजयी भएका छौँ 


  • 8.2K
    SHARES
    • मंसिर २९, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 12.6K Views

    शेखर कोइरालाले भने- म पराजित भए पनि हामी विजयी भएका छौँ 

    काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार डा.शेखर कोइरालाले आफू पराजित भए पनि टिमले विजयी हासिल गरेको बताएका छन् । 

    images

    कोइराला पक्षले महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिन बुधबार आयोजना गरेको कार्यक्रममा उनले भने, ‘नेपाली कांग्रेसका तपाइँ जस्ता साथीहरू, लोकतन्त्र प्रेमी नेपाली, कांग्रेसलाई माया गर्ने साथीहरू र आम जनताले हामीले लिएको कदम र  हाम्रो टिमले लिएको कदमको विजय उहाँहरूले सोच्नुभएको छ । त्यसकारण पनि हामी विजयी भएका छौँ ।’

    आफू सभापति पदमा पराजित हुनुलाई स्वभाविक रूपमा लिएको उनले प्रष्टाए । उनले भने, ‘म पाजित भएँ, निर्वाचन भइसकेपछि कोही जित्छ, कोही हार्छ, त्यो स्वाभाविक नै हो । मैले यसलाई स्वाभाविक रूपमा लिएको छु । कुनै कुन्ठा बोकेको छैन ।  कसले के गर्‍यो ? कसो गर्‍यो ? किन गर्‍यो ?  भन्ने कुरा पनि मेरो मनमा छैन ।’  

    निर्वाचित भइसकेपछि पनि देउवाले आफ्नो कार्यशैली नसुधारे आफ्नो टिम सशक्त रूपमा प्रस्तुत हुने उनले चेतावनी दिए । ‘जसरी साढे पाँच वर्ष पार्टी बेथितिको हिसावले चल्यो त्यसरी नै चल्न थाल्यो भने हामी सशक्त रूपमा प्रस्तुत हुन्छौँ’, उनले भने । 

    कांग्रेसभित्र युवा पुस्ताका लागि आफ्नो टिमले अवसरको ढोका खोलिदिएको उनले दाबी गरे । ‘हाम्रो राजनीतिक मुद्दा र एजेण्डा स्थापित भएको छ । त्यस कारण  म नेपाली कांग्रेसको हुँ भनेर बस्न सक्नुहुनेछ भन्नेमा ढुक्क छु’, उनले भने ।

     

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • तेस्रो आँखा