दाङ । तुलसीपुर उपमहानगरपालिका ११, बगरपुरको बबई नदीको किनारमा तीनवटा शव फेला परेका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लका अनुसार गाडिएका पुराना शव बाढीका कारण निक्लिएर किनारमा आएका हुन् ।
‘गाडिएका पुराना शव बबईमा आएको बाढीले निकालेर किनारमा फालेको रहेछ,’ उनले भने, ‘हामीले फेरि आफन्तलाई खोजेर सुरक्षित स्थानमा गाड्न लगाउँदै छौं ।’ सुरूमा स्थानीयले ती शव बाढीले कतैबाट बगाएर ल्याएको हुन सक्ने आशंका गरेका थिए ।
