• ट्रेण्डिङ्ग :
दसैँ – ०७९
मिर्छुलुङमा दसैँ पर्यटन मेला

मिर्छुलुङमा दसैँ पर्यटन मेला


  • 6.6K
    SHARES
    • आश्विन २१, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.2K Views

    मिर्छुलुङमा दसैँ पर्यटन मेला

    तनहुँको भिमाद नगरपालिका–५ मिर्छुलुङमा चौथो मिर्छुलुङ दसैँ पर्यटन मेला हुने भएको छ । तेस्रो नेत्र युवा संस्थाको आयोजना र मिर्छुलुङ विकास समितिको संरक्षकत्वमा दसैँ तथा तिहारको अवसरमा उक्त मेला एवं जुनियर पुरुष भलिबल प्रतियोगिता पनि आयोजना गर्न लागिएको हो ।

    दमौली । तनहुँको भिमाद नगरपालिका–५ मिर्छुलुङमा चौथो मिर्छुलुङ दसैँ पर्यटन मेला हुने भएको छ । तेस्रो नेत्र युवा संस्थाको आयोजना र मिर्छुलुङ विकास समितिको संरक्षकत्वमा दसैँ तथा तिहारको अवसरमा उक्त मेला एवं जुनियर पुरुष भलिबल प्रतियोगिता पनि आयोजना गर्न लागिएको हो ।

    images

    मिर्छुलुङको पर्यटन प्रपर्द्धनका लागि असोज २१ गतेदेखि २३ गतेसम्म पर्यटन मेला एवं भलिबल प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका महेन्द्र आलेले जानकारी दिए । 

    भलिबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २२ हजार दुई सय २२, १६ हजार छ सय ६६ र ११ हजार एक सय ११ का साथै ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिनेछ । 

    पर्यटन मेलामा मिर्छुलुङ होमस्टे, भ्युटावर, मगर लाफा भिलेजका साथै विविध सांस्कृतिक कार्यक्रम प्रमुख आकर्षणका रुपमा रहने छन् । ग्रामीण पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यसहित मिछुर्लुङमा दृश्यावलोकन स्तम्भ (भ्युटावर) निर्माण गरिएको छ । देश तथा विदेशमा रहेका नेपालीहरुबाट सङ्कलन गरिएको रकमबाट उक्त स्तम्भ निर्माण गरिएको हो ।

    कूल ३८ लाख चार हजार नौ सयको लागतमा स्तम्भ निर्माण गरिएको मिछुर्लुङ क्षेत्र विकास तथा भ्युटावर निर्माण समितिका अध्यक्ष नरेन्द्र थापाले जानकारी दिए । उक्त मेलाका अवसरमा भ्युटावर सर्वसाधारणको आकर्षणको केन्द्र बन्न सक्ने विश्वास गरिएको छ ।

    मगर समुदायको कौरा, झ्याउरे, प्राङ्गारिक परिकार मिर्छुलुङ घरबासको विशेषता हो । प्राकृतिक सौन्दर्य भरिपूर्ण मिर्छुलुङमा झरना पनि छ । उक्त झरनामा एकपटक क्यानोनिङ समेत सञ्चालन गरिएको थियो ।   

    • फाेटाे मिर्छुलुङ

  • सम्बन्धित विषय:

  • # दसैँ पर्यटन

  • तेस्रो आँखा
    लेखकबाट थप