इस्लामाबाद । पाकिस्तानमा यस वर्षको मनसुनी वर्षा र बाढीका कारण मृत्यु हुनेको संख्या एक हजार सात सय पुगेको छ ।
यस प्रकोपको कारण पाकिस्तानमा १२ हजार आठ सय ६७ घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले बिहीबार राति जनाएको छ ।
सबैभन्दा बढी प्रभावित क्षेत्र मानिएको पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा मात्रै सात सय ६३ जनाको मृत्यु भएको थियो । त्यसपछि दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा ३३६ जनाको मृत्यु भएको छ । उत्तरपश्चिम खैबर पख्तुनख्वा र पूर्वी पञ्जाब प्रान्तमा क्रमशः तीन सय आठ र दुई सय २१ जनाको मृत्यु भएको थियो ।
वर्षाका कारण देशभर २० लाख ४८ हजार सात ८९ घर ध्वस्त भएका छन् । एक लाख ६३ हजार दुई सय ३७ गाईवस्तु मर्ने अनुमान गरिएको छ । बाढी प्रभावित क्षेत्रमा एनडीएमए, अन्य सरकारी संस्था, स्वयंसेवी र गैरसरकारी संस्थाहरूद्वारा उद्धार र राहत वितरणको काम भइरहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
