• ट्रेण्डिङ्ग :
कमल थापालाई एमालेले गरेन समर्थन, मकवानपुर १ मा रामेश्वरलाई टिकट

कमल थापालाई एमालेले गरेन समर्थन, मकवानपुर १ मा रामेश्वरलाई टिकट


  • 6.2K
    SHARES
    • आश्विन २१, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.5K Views

    कमल थापालाई एमालेले गरेन समर्थन, मकवानपुर १ मा रामेश्वरलाई टिकट

    काठमाडौं । नेकपा एमालेले मकवानपुर १ मा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई समर्थन नगर्ने भएको छ । एमालेले क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा जिल्ला ईन्चार्ज रामेश्वर रानालाई टिकट दिएको हो । 

    images

    थापा एमालेको समर्थनमा मकवानपुर १ बाट उम्मेदवार हुन चाहन्थे । तर एमालेले प्रतिनिधिसभा दुबै र प्रदेशसभाको चारवटै क्षेत्रको उम्मेदवार टुंगो लगाएको हो । प्रदेशसभातर्फ कमा कमल विष्ट र ख मा जिल्ला अध्यक्ष एकलाल श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ ।

    क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा महेश बर्तौलाले टिकट पाएका छन् ।  प्रदेशसभातर्फ कमा विष्णु ढकाल र खमा जिल्ला उपाध्यक्ष लालबहादुर थापालाई टिकट दिइएको छ ।


    तेस्रो आँखा