• ट्रेण्डिङ्ग :
समाज
उपत्यकामा झरी 

उपत्यकामा झरी 


  • 3.8K
    SHARES
    • आश्विन २१, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 5.8K Views

    उपत्यकामा झरी 

    काठमाडौं । मध्य–पश्चिम बङ्गालको आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा पनि छ । हाल सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहेको छ ।

    images

    गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी  प्रदेशहरूका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ्गसहितको वर्षा भइरहेको छ । तर, उपत्यकामा भने चार घण्टादेखि झरी परिरहेको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा झरी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    झरीले आवत–जावतमा समस्या निम्त्याएको छ । काठमाडौंको नयाँ बानेश्वरदेखि तीनकुनेसम्म धेरै झरी भइरहेको छ भने रत्नराज्य क्याम्पसदेखि अनामनगरसम्म सिमसिमे झरी परिरहेको छ । 

    देशका विभिन्न स्थानमा  वर्षा भइरहेकाले मौसम पूर्वानुमानले सतर्कता अपनाउन आग्रह गरेको छ । 

  • सम्बन्धित विषय:

  • # झरी

  • तेस्रो आँखा
    लेखकबाट थप