काठमाडौं । एमाले र राप्रपा चुनावी तालमेल गर्न सहमत भएका छन् । दुई पार्टीका अध्यक्षसहित नेताहरुबीच बालकोटमा आसन्न चुनावमा एमाले–राप्रपा तालमेलबारे छलफल भएको थियो ।
राप्रपाका एक नेताका अनुसार अब दुई पार्टी मिलेर चुनाव लड्ने पक्का भएको छ । उनले भोलि बिहान १० बजेभन्दा अगावै सिट सूची सार्वजनिक हुने बताए । बालकोट जाने नेताहरुमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङ, विक्रम पाण्डे र महामन्त्री राजेन्द्र गुरुङ थिए ।
