• ट्रेण्डिङ्ग :
सभामुख सापकोटासँग चिनियाँ राजदूत यान्छीको बिदाइ भेट

सभामुख सापकोटासँग चिनियाँ राजदूत यान्छीको बिदाइ भेट


  • 4.9K
    SHARES
    • आश्विन २२, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 7.5K Views

    सभामुख सापकोटासँग चिनियाँ राजदूत यान्छीको बिदाइ भेट

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिदाइ भेट गरेकी छन् । राजदूत यान्छीले शनिबार सभामुखसँग उनको सरकारी निवास लैनचौरमा बिदाइ भेट गरेकी हुन् ।

    images

    भेटमा सभामुख सापकोटाले राजदूत होउको कार्यकालमा चीनबाट महत्वपूर्ण भ्रमण भएको स्मरण गर्दै सफल रुपमा कार्यकाल सम्पन्न गरेकामा बधाई दिए । उनले राजदूत होउलाई नयाँ जिम्मेवारीको सफलताको शुभकामना व्यक्त गरेको सभामुखको सचिवालयले जनाएको छ ।

    यो अवसरमा राजदूत यान्छीले आफ्नो कार्यकालमा संघीय संसद्‌बाट भएको सहयोगका लागि आभार व्यक्त गरिन् ।

  • सम्बन्धित विषय:

  • # अग्नि सापकोटा
  • # होउ यान्छी

  • तेस्रो आँखा