• ट्रेण्डिङ्ग :
माओवादी अध्यक्ष प्रचण्ड उम्मेद्‌वारी दर्ता गर्न गोरखातिर

माओवादी अध्यक्ष प्रचण्ड उम्मेद्‌वारी दर्ता गर्न गोरखातिर


  • 6.9K
    SHARES
    • आश्विन २३, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 10.5K Views

    माओवादी अध्यक्ष प्रचण्ड उम्मेद्‌वारी दर्ता गर्न गोरखातिर

    काठमाडौं । सत्तारुढ गठबन्धनमा आबद्ध नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेद्‌वारी दर्ता गर्न त्यसतर्फ गएका छन् ।

    images

    उम्मेदवारी दर्ताका लागि अध्यक्ष दाहाल पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहितका नेता तथा कार्यककर्ता गोरखा प्रस्थान गरेका हुन् । अध्यक्ष दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माका लागि उम्मेद्‌वारी दर्ता गराउन अध्यक्षलगायतको टोली गोरखा प्रस्थान गरिसकेको जानकारी दिएका छन् ।

    डा. भट्टराईले ट्विट गर्दै लेखेका छन्, ‘गोरखा २ बाट क. प्रचण्डको उम्मेद्‌वारी विधिवत् प्रस्तुत गर्न सँगै गोरखातिर लागियो । उहाँका दिवंगत पिता र हाम्रा सकुशल जीवित पिताको आशीर्वाद लिएर जीवनको अन्तिम कालखण्डमा सहकार्यको नयाँ अध्याय थालनी गरियो । सबैको साथ र सहयोगको अपेक्षा !’

    माओवादीले अध्यक्ष दाहाललाई गोरखाबाट उम्मेद्‌वार बनाउने निर्णय यसअघि नै गरेको हो । यसअघि उहाँ निर्वाचित हुनुभएको चितवन क्षेत्र ३ मा डा. भोजराज अधिकारीलाई उम्मेद्‌वार बनाइएको छ । यस्तै काठमाडौँ क्षेत्र २ बाट पूर्वसभामुख ओनसरी घर्तीले उम्मेद्‌वारी दर्ता गराउँदै छिन् । गठबन्धनको साझा उम्मेद्‌वारका रुपमा घर्तीले आजमात्रै टिकट पाएकी हुन्।

    काठमाडौं क्षेत्र ७ मा पूर्वविद्यार्थी नेता मानुषी यमी भट्टराईले उम्मेदवारी दर्ता गराउँदै छिन् । काठमाडौं क्षेत्र ९ बाट माओवादी नेतृ कल्पना धमलालले उम्मेदवारी दर्ता गराउँदै छिन् । ललिततपुर क्षेत्र ३ मा माओवादीका उपमहासचिव पम्फा भुसालले उम्मेद्‌वारी दिनेछिन् ।

    आइतबार मात्रै नेतृ भुसालले उम्मेद्‌वारको  टिकट पाएकी हुन् । भक्तपुर क्षेत्र १ मा माओवादीका तर्फबाट सुनील गोथेले पनि टिकट पाएका छन् । माओवादीले आज मात्रै देशभरका प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेद्‌वार टुंगो लगाएको हो । सोही आधारमा आजै उम्मेद्‌वारी दर्ता गर्ने कार्यक्रममा सहभागी हुन लागिएको पार्टीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # माओवादी केन्द्र
  • # प्रचण्ड

  • तेस्रो आँखा