• ट्रेण्डिङ्ग :
हतियारको प्रतिस्पर्धा
उत्तर कोरियाको थप क्षेप्यास्त्र परीक्षण ! फेरि तयारीमा

उत्तर कोरियाको थप क्षेप्यास्त्र परीक्षण ! फेरि तयारीमा


  • 5.7K
    SHARES
    • आश्विन २३, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 8.7K Views

    उत्तर कोरियाको  थप क्षेप्यास्त्र  परीक्षण ! फेरि  तयारीमा

    पेयोङ्याङ । उत्तर कोरियाले थप क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले दुई सातामा सातौं क्षेप्यास्त्र प्रक्षेपण गरेको हो । आणविक शक्ति सम्पन्न अमेरिकी विमानवाहक पोतले कोरियाली प्रायद्वीपमा संयुक्त अभ्यास सम्पन्न गरेको केही घण्टापछि उत्तर कोरियाले आइतबार  दुई ब्यालेस्टिक क्षेप्यास्त्र समुद्रमा प्रक्षेपण गरेको हो ।

    images

    सियोल, टोकियो र वासिङ्टनले हालैका हप्ताहरूमा संयुक्त नौसैनिक अभ्यासहरू बढाएपछि प्योङयाङ रिसाएको थियो । उत्तर कोरियाले अभ्यासलाई  आक्रमणको पूर्वाभ्यासको रूपमा हेर्छ ।  क्षेप्यास्त्र प्रक्षेपणलाई आवश्यक ‘प्रतिकार’ को रूपमा सही विकल्प मान्छ । 

    लामो समयदेखि वार्ता ठप्प भएपछि प्योङयाङले गत साता जापानमाथि मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गर्दै प्रतिबन्धित हतियार कार्यक्रमलाई दोब्बर बनाएको छ। अधिकारी र विश्लेषकहरूले अर्को आणविक परीक्षणको तयारी पूरा भएको चेतावनी दिएका छन् ।

    दक्षिण कोरियाली सेनाले आइतबार भनेको छ, 'ग्रीनवीच समयअनुसार विहानको समय १० मिनेटको अन्तरालमा काङवोन प्रान्तको मुनचोन क्षेत्रबाट पूर्वी सागरतर्फ प्रहार गरिएका दुईवटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र फेला परेका छन् । चिफ्स अफ स्टाफ’ले एक विज्ञप्ति जारी गर्दै क्षेप्यास्त्र ‘९० किलोमिटरको उचाईमा करिब ३५० किलोमिटर (२१७ माइल) उडेको’ बताएका छन् ।

    टोकियोले पनि क्षेप्यास्त्र प्रक्षेपणको पुष्टि गरेको छ भने तटरक्षक बलले ती क्षेप्यास्त्र जापानको विशेष आर्थिक क्षेत्रभन्दा बाहिर खसेको बताएको छ । जापानका वरिष्ठ उप-रक्षामन्त्री तोशिरो इनोले टोकियोले ती क्षेप्यास्त्रको विश्लेषण गरिरहेको बताउँदै तीमध्ये कुनै एक पनडुब्बीबाट प्रक्षेपण हुने ब्यालेस्टिक क्षेप्यास्त्र (एसएलबीएम) हुनसक्ने सम्भावना रहेको बताए । सियोलले गत महिना उत्तर कोरियाले एसएलबीएम प्रहार गर्ने तयारी गरिरहेको सङ्केत फेला परेको बताएको थियो ।

    अमेरिकी सेनाको इन्डो-प्यासिफिक कमान्डले एक विज्ञप्ति जारी गर्दै आफूहरुले आफ्ना सहयोगी र साझेदारसँग नजिकबाट परामर्श गरिरहेको र यो प्रक्षेपणले उत्तर कोरियाको क्षेप्यास्त्र कार्यक्रमको ‘अस्थिर’ प्रकृतिलाई उजागर गरेको जनाएको छ । -सिन्ह्‌वा

  • सम्बन्धित विषय:

  • # क्षेप्यास्त्र प्रक्षेपण
  • # उत्तरकोरिया

  • तेस्रो आँखा