• ट्रेण्डिङ्ग :
घरको छत खस्दा एकै परिवारका नौ जनाको मृत्यु

घरको छत खस्दा एकै परिवारका नौ जनाको मृत्यु


  • 4.3K
    SHARES
    • आश्विन २३, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 6.5K Views

    घरको छत खस्दा एकै परिवारका नौ जनाको मृत्यु

    इस्लामाबाद । पाकिस्तानको गिलगिट–बाल्टिस्तान क्षेत्रको उत्तरी चिलास शहरस्थित घरको छत खस्दा नौ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उक्त शहरको बोनार्डास क्षेत्रमा आज बिहान भएको उक्त घटनामा एकै परिवारका नौ जनाको मृत्यु भएको प्रहरीले सञ्चारमाध्यमलाई बताएको छ ।

    images

    छत खसेलगत्तै स्थानीयवासी घटनास्थलमा पुगेका र करिब दुई घण्टाको प्रयासपछि शव निकालिएको प्रहरीले जनाएको छ । उद्धारकर्मी र स्थानीय अधिकारीहरूले शवहरूलाई स्थानीय अस्पताल परीक्षणका निम्ति पुर्‍याएका थिए । 

    यसैबीच, भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा आइतबार बस पहाडबाट खस्दा १० जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् ।  दुर्घटना आन्ध्र प्रदेशको अल्लुरी सीताराम राजु जिल्लामा भएको हो । 

     प्रहरीका अनुसार दुर्घटनाग्रस्त बस विशाखापट्टनम शहरबाट एएसआर जिल्लाको पडेरु क्षेत्रतर्फ गइरहेको थियो । घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।


    तेस्रो आँखा