• ट्रेण्डिङ्ग :
रसुवामा तीन पदका लागि  २९  मनोनयन दर्ता

रसुवामा तीन पदका लागि  २९  मनोनयन दर्ता


  • 3.5K
    SHARES
    • आश्विन २४, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 5.3K Views

    रसुवामा तीन पदका लागि  २९  मनोनयन दर्ता

    काठमाडौं ।  आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि रसुवाबाट २९ जना उमेदवारले मनोनयपत्र दर्ता गराएका छन् ।

    images

    मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको विवरणानुसार एक निर्वाचन क्षेत्र रहेको प्रतिनिधिसभाका लागि ११ र दुई प्रदेशभसभाका लागि नौ–नौ जना उमेदवारले आ–आफ्नो मनोनयनपत्र दाखिला गरेका हुन् । प्रतिनिधिसभाका लागि तीन स्वतन्त्र र आठ राजनीतिक दल, प्रदेशसभा तर्फको (क) र (ख)मा एक–एक स्वतन्त्रसहित आठ–आठवटा  राजनीतिक दलका प्रतिनिधिले मनोनयनपत्र दर्ता गरेका हुन् ।
      
    प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मोहन आचार्यले आफ्नो उमेदवारी दर्ता गराएका छन् ।  
    यसैगरी नेकपा ९एमाले०को तर्फबाट छोवाङ तेन्जिङ तामाङले प्रतिनिधिसभा सदस्य पदका लागि  उमेदवारको मनोनयनपत्र दर्ता गराएका छन् ।  प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एकीकृत समाजवादी), मङ्गोल नेशनल अर्गनाइजेशन, नेमकिपा, जनसमाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र तामसालिङ लोकतान्त्रिक पार्टीका उम्मेदवारले समेत दर्ता गराएका छन् । 
     
    प्रतिनिधिसभाको सदस्य पदमा लीलाबहादुर न्यौपाने, रामशरण पौडेल र कर्सावाङ्दी तामाङले स्वतन्त्र उमेदवार गराएका छन् । प्रतिनिधिसभा सदस्य पदका लागि जन समाजवादी पार्टी नेपालले महिला उमेदवार तय गरेको बताइन्छ । 

    जिल्लाको प्रदेशसभा (क) बाट गठबन्धन तर्फबाट कांग्रेसका प्रभात लामा, एमालेका कुलप्रसाद भट्ट,  एकीकृत समाजवादीका सनथ देवकोटालगायत  राप्रपा, नेमकिपा, तामसालिङ लोकतान्त्रिक पार्टी, मङ्गोल नेशनल अर्गनाइजेशन, जनसमाजवादीसमेतले मनोनयन दर्ता गराएका छन् । 
        
    यस्तै प्रदेशसभा (ख)मा गठबन्धनबाट माओवादी केन्द्रका इन्द्रप्रसाद गोतामे, एमालेका तेम्व्रेल तामाङ, एकीकृत समाजवादीका रामप्रसाद न्यौपाने, कांग्रेस (बीपी)को तर्फबाट शारदाकुमार न्यौपानेलगायत राप्रपा, तामसालिङ लोकतान्त्रिक, मङ्गोल अर्गनाइजेशन, नेमकिपासमेतले मनोनयन दर्ता गराएको बताइएको छ ।


    तेस्रो आँखा