• ट्रेण्डिङ्ग :
भेनेजुयलामा बाढी-पहिरोमा परि २२ जनाको मृत्यु  

भेनेजुयलामा बाढी-पहिरोमा परि २२ जनाको मृत्यु  


  • 3.5K
    SHARES
    • आश्विन २४, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 5.3K Views

    भेनेजुयलामा बाढी-पहिरोमा परि २२ जनाको मृत्यु  

    काठमाडौं । दक्षिण अमेरिकी मुलुक भेनेजुयलामा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी २२ जनाको मृत्यु भएको छ भने  ५० जना भन्दा बढी बेपत्ता भएका छन् ।

    images

     पहिरोका कारण भेनेजुयलाको दक्षिण शहर ‘लास–तेइरास’ बढी प्रभावित भएको छ । बाढीले नदी कटान गरी बस्तीमा प्रवेश गर्दा हाजारौं मानिस विस्थापित भएका छन् । बिजुली आपूर्ती बन्द र यातायात व्यवस्था समेत अवरुद्ध भएको छ। 

    साथै सयौं सवारी साधनमा क्षति पुगेको छ । बाढी पहिरो प्रभावितहरूका लागि उचित राहतको व्यवस्था गर्न भेनेजुयलाका उपराष्ट्रपति डेल्सी रोड्रिगेजले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । बेपत्ता भएका मानिसहरुको खोजीका लागि सयौं उद्धारकर्मी परिचालन गरिएको छ । भेनेजुयलामा विगत केही दिनदेखिको लगातारको वर्षा अझै पनि जारी छ ।

     


    तेस्रो आँखा