• ट्रेण्डिङ्ग :
श्रीलंकामा विवादित भई रोकिएको उडान सञ्चालनमा

श्रीलंकामा विवादित भई रोकिएको उडान सञ्चालनमा


  • 3.9K
    SHARES
    • आश्विन २५, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 6.0K Views

    श्रीलंकामा विवादित भई रोकिएको उडान सञ्चालनमा

    कोलम्बो । रूसको राष्ट्रिय वायुसेवा कम्पनी एरोफ्लोटको विमान सोमबार श्रीलंकामा फर्किएको छ । श्रीलंकाका पर्यटन मन्त्री हरिन फर्नान्डोले देशको आतिथ्य उद्योगको लागि अति आवश्यक प्रोत्साहनको रूपमा मस्को–कोलम्बो प्रत्यक्ष उडान सेवाहरू पुनः सुरु भएपछि सेवाको लागि स्वागत गरेका छन् ।  

    images

    युक्रेनमाथि आक्रमण गर्नुअघि रूस हिन्द महासागरको टापु राष्ट्रको आगन्तुकहरूको सबैभन्दा ठूलो स्रोत थियो । कोलम्बोमा हवाई इन्धनको अभाव र माग घट्दै गएपछि धेरै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले यस वर्ष श्रीलंकामा हवाई सेवा कटौती गरेका छन् । 

    आयरल्याण्डको एक कम्पनीसँगको व्यापारिक विवादमा एयरबस ए–३३० लाई जफत गर्न अदालतले आदेश दिएपछि एरोफ्लोटले गत जुनमा उडान रोकेको थियो । सरकारी हस्तक्षेपपछि विमान लाई छोडिएको थियो तर यस घटनाले रूस र श्रीलङ्का सरकारबीच कुटनीतिक विवाद निम्त्यायो ।

    श्रीलङ्का अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक संकटको चपेटामा छ र आफ्नो पर्यटक राजस्व बढाउने प्रयास गरिरहेको छ किनकि टापुले आफ्नो आवश्यक आयातको लागि भुक्तानी गर्न डलर जुटाउन संघर्ष गरिरहेको छ।

    देशले इन्धनको वितरणलाई आलोपालो गरी व्यवस्थापन गरिरहेको छ तर डलर कमाउने पर्यटन उद्योगलाई बचाउन पर्यटकहरू ओसारपसार गर्ने सवारी साधनहरूको लागि पेट्रोल र डिजेलको अनुमति दिइरहेको छ ।

    कोलम्बोले अप्रिलमा आफ्नो ५१ अर्ब अमेरिकी डलर को विदेशी ऋण तिर्न नसकेपछि कर्जाका लागि अन्तर्राष्ट्रिय मुद्रा काृष (आईएमएफ)सँग वार्ता गरिरहेको छ ।


    तेस्रो आँखा