• ट्रेण्डिङ्ग :
'नाममात्रको पदमा रहन मेरो नैतिकताले दिँदैन'

'नाममात्रको पदमा रहन मेरो नैतिकताले दिँदैन'


  • 3.8K
    SHARES
    • आश्विन २४, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 5.8K Views

    'नाममात्रको पदमा रहन मेरो नैतिकताले दिँदैन'

    काठमाडौं । नेपाली कांग्रेस वाग्मती प्रदेश समिति सदस्य लामाकार्पु तामाङले प्रदेश संसदीय बोर्ड सदस्य र प्रदेश कार्यसम्पादन समितिको सदस्य पदबाट राजीनामा दिएका छन् । पार्टीले वरिष्ठ व्यक्तिलाई अपमान गरेको उनको भनाइ छ ।   

    images

    तामाङले नेपाली कांग्रेस रसुवाका आम नेता र कार्यकर्ताको भावना विपरीत एकलौटी ढंगले निर्वाचनमा उम्मेदवारको टिकट वितरण गरेको भन्दै त्यसप्रति आफ्नो घोर आपत्ति रहेको बताएका छन् ।

    पार्टीको विभिन्न पदमा रहेर पनि छलफल र परामर्श नहुनुले यस्ता नाममात्रको पदमा रहन म जस्तो जनताको बीचबाट उठेको व्यक्तिलाई नैतिकताले दिँदैन भन्दै उनले राजीनामापत्रमा उल्लेख गरेका छन् ।


    तेस्रो आँखा