• ट्रेण्डिङ्ग :
संघ-प्रदेश चुनाव
‘मान्छे साबित’ गर्न उम्मेद्‍वारी ?

‘मान्छे साबित’ गर्न उम्मेद्‍वारी ?


  • 5.0K
    SHARES
    • आश्विन २५, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 7.7K Views

    ‘मान्छे साबित’ गर्न उम्मेद्‍वारी ?

    सर्लाहीको मलगंवा नगरपालिका– ९ घर भएकी राधा मौसी उमेरले ६ दशक पार गरिन् । समाजप्रति सेवा गर्ने भाव भने जवानै छ । अझै पनि वसन्तको पालुवा जस्तै पलाइरहेको छ उनको समाजसेवी भाव । तर, समाजले त्यो भावलाई कहिल्यै बुझेन, जानेन र सुनेन । त्यो तेस्रो लिंगी भएका कारण । त्यसलाई सुनाउन र बुझाउन चाहन्छिन्, राधा मौसी । त्योपनि, संसद्‍बाट ।

    काठमाडौं । सर्लाहीको मलगंवा नगरपालिका– ९ घर भएकी राधा मौसी उमेरले ६ दशक पार गरिन् । समाजप्रति सेवा गर्ने भाव भने जवानै छ । अझै पनि वसन्तको पालुवा जस्तै पलाइरहेको छ उनको समाजसेवी भाव ।

    images

    तर, समाजले त्यो भावलाई कहिल्यै बुझेन, जानेन र सुनेन । त्यो तेस्रो लिंगी भएका कारण । त्यसलाई सुनाउन र बुझाउन चाहन्छिन्, राधा मौसी । त्योपनि, संसद्‍बाट ।

    लैगिंक तथा यौनिक अल्पसंख्यक भएकै कारण समाजले तिरस्कारै तिरस्कार गरेको तितो अनुभव छ उनीसँग, ‘समाजले हामीलाई मान्छे मान्दैन, मान्छे हुँ भनेर सडकमा बोलिसक्यौँ । अब संसद्‍बाट बोल्नुछ ।’

    राधा ‘हामी मान्छे नै हुँ’ भनेर साबित गर्नका लागि पनि उम्मेद्‍वारी दर्ता गराएको बताउँछिन् । कुरीतिले भरिपूर्ण बन्दै गएको हाम्रो समाज अहिले पनि यौनिक अल्पसंख्यक हौँ भनेर हिँड्ने परेकोमा उनी दुःखी छन् । त्यसकाविरुद्ध लड्ने उनको अठोट छ ।

    अधिकारीहरुले राधाको नागरिकतामा परूष पहिचान दिए ।  नागरिकतामा छ, ‘महेन्द्र शाही तेली ।’ त्यो नाम नागरिकतामै सीमित छ । सबैले उनलाई राधा नै भनेर बोलाउँछन् र चिन्छन् । उनी पनि त्यहीँ चाहन्छिन्  ।

    राधा आफुलाई महिला भनेर उभ्याउछिन् । उनै राधा, नेपाल जनता पार्टीको तर्फबाट मधेश प्रदेशसभाका लागि सर्लाही क्षेत्र नम्बर २ (ख)बाट चुनाव लड्ने भएकी हुन् । ०७४ को स्थानीय चुनावमा मलगंवा नगरपालिका प्रमुखको उम्मेदवार समेत बनिसकेकी छन् राधा । यसपालि उनले नेजपाबाट प्रदेश सभाको उम्मेद्‍वारी दर्ता गराएकी छन् ।

    निर्वाचन आयोगले दिएको जानकारी अनुसार, प्रतिनिधिसभातर्फ २ हजार ५२६, प्रदेशसभातर्फ ३ हजार ४७६ जनाले उम्मेद्‍वारी दर्ता गराएका छन् । जसमध्ये २ हजार २९१ पुरूषले उम्मेद्‍वारी गराउँदा २३५ महिलाले मात्रै उम्मेदवारी दर्ता गराएकी छन् ।

    प्रदेशसभातर्फ पनि ३ हजार १७८ पुरूषले उम्मेद्‍वारी दिँदा २९७ महिलाले दिए । अन्य एकजना भित्र तिनै राधा मौसी पर्छिन्  । जम्मा ६ हजार २ जना उम्मेदवार दर्ता गराएका छन् । ६ हजार मध्ये एक्ली हुनु राधा । चुनावमा आफ्नै मुद्दा बोकेकी छन् । कि, ‘हामी मान्छे नै हौँ । हामीलाई त्यस्तो व्यवहार चाहिन्छ । त्यसका लागि म चुनाव लड्दै छु ।’

    संविधाको धाराहरुमा लैङ्गिक तथा अल्पसंख्यक व्यक्तिलाई राज्यको विभिन्न तहमा सहभागी हुने व्यवस्था गरेको छ । तर, ठूला भनिएका दलहरुले त्यसलाई ठाडै गरे पनि राधा मौसी सानो दलबाट चुनाव लड्न लागेकी हुन् । 

  • सम्बन्धित विषय:

  • # चुनाव – ०७९
  • # राधा मौसी

  • तेस्रो आँखा
    लेखकबाट थप