• ट्रेण्डिङ्ग :
संघ–प्रदेश चुनाव
बाँकेबाट कतिले दिए उम्मेद्‍वारी ?

बाँकेबाट कतिले दिए उम्मेद्‍वारी ?


महिला सहभागिता न्यून

  • 5.8K
    SHARES
    • आश्विन २५, २०७९ मंगलबार
    • ३ बर्षs अघि
    • 8.9K Views

    बाँकेबाट कतिले दिए उम्मेद्‍वारी ?

    नेपालगन्ज । बाँकेको ३ प्रतिनिधिसभा सदस्य र ६ प्रदेशसभा सदस्यका लागि दुई मन्त्रीसहित ९९ जनाको उम्मेद्‌वारी परेको छ । जिल्लाको निर्वाचन क्षेत्र नं २ मा सबैभन्दा बढी प्रतिनिधिसभाका लागि १६ र प्रदेशसभा सदस्यका लागि २४ जनाले उम्मेद्‌वारी दिएको मुख्य निर्वाचन अधिकृत धनसिंह महराले जानकारी दिए ।

    images

    नेपालगन्ज बजारसमेत रहेको यस क्षेत्रमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई जनता समाजवादी पार्टीका तर्फबाट र नेकपा एमालेको समर्थनमा राप्रपाका डा. धवलशम्शेर राणा, नेपाली कांग्रेसबाट सुदीपनरसिंह राणाबीच प्रतिस्पर्धा हुनेछ । शिवसेना नेपालबाट दीवाकर शर्मा खनालले पनि उम्मेद्‌वारी दर्ता गराएका छन् ।

    प्रदेशसभामा उम्मेद्‌वारी परेका २४ मध्ये प्रदेश (क) मा १२ र प्रदेश (ख) मा १२ जनाले उम्मेद्‌वारी दिएका छन् । निर्वाचन क्षेत्र १ मा २८ जनाको उम्मेद्‌वारी परेको छ । प्रतिनिधिसभाका सदस्यका लागि ११ र प्रदेशसभा सदस्यका लागि १७ जनाले उम्मेद्‌वारी दिएका छन् ।

    उक्त निर्वाचन क्षेत्रमा युवा तथा खेलकुदमन्त्री गहतराजले गठबन्धनका तर्फबाट उम्मेद्‌वारी दर्ता गराएका हुन् । मन्त्री गहतराज नेकपा माओवादी केन्द्रको नेतासमेत हुन् । निर्वाचन क्षेत्र ३ मा ३१ जनाको उम्मेद्‌वारी परेको छ । प्रतिनिधिसभा सदस्यका लागि १० र प्रदेशसभा सदस्यका लागि २१ जनाले उम्मेद्‌वारी दिएका छन् । प्रदेशको (क) मा ९ र (ख) मा १२ जना छन् ।

    महिला सहभागिता न्यून

    बाँकेको तीन प्रतिनिधिसभा सदस्य र ६ प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा महिला सहभागिता न्यून देखिएको छ । बाँकेको निर्वाचन क्षेत्र १ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेस बीपीबाट कुन्ति शर्मा र प्रदेशसभा सदस्यका लागि १ (ख) बाट कृष्ण केसीको उम्मेद्‌वारी परेको सहायक निर्वाचन अधिकृत सन्दीप ढकालले जानकारी दिए । 

    निर्वाचन क्षेत्र २ मा स्तन्त्रतर्फ एक महिला उम्मेदवार छन्  । निर्वाचन क्षेत्र ३ मा महिला सहभागिता शून्य रहेको निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीले बताए ।

  • सम्बन्धित विषय:

  • # संघ–प्रदेश चुनाव

  • तेस्रो आँखा
    लेखकबाट थप