• ट्रेण्डिङ्ग :
चुनाव – ०७९
काठमाडौंको कुन क्षेत्रमा कतिले दिए उम्मेद्‍वारी ?

काठमाडौंको कुन क्षेत्रमा कतिले दिए उम्मेद्‍वारी ?


  • 5.3K
    SHARES
    • आश्विन २५, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 8.1K Views

    काठमाडौंको कुन क्षेत्रमा कतिले दिए उम्मेद्‍वारी ?

    काठमाडौं–४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेद्‍वारी दिएका कांग्रेस महामन्त्री गगन थापा  : फाइल फोटो

    images

    काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं जिल्लाको दश निर्वाचन क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरेर २६५ जनाले उम्मेद्‍वारी दिएका छन् । निर्वाचन आयोगका अनुसार उम्मेद्‍वारी दिनेमा २२६ जना पुरुष र ३९ जना महिला रहेका छन् ।

    काठमाडौं १ मा २२ जना पुरुष र १० जना महिलाकाे उम्मेद्‍वारी परेको छ । काठमाडौं २ मा २६ जना पुरुष र ५ जना महिला, काठमाडौं ३ मा २१ जना पुरुष र ३ जना महिला, काठमाडौं  ४ मा ३३ जना पुरुष र २ जना महिला, काठमाडौं ५ मा २६ जना पुरुष र ४ जना महिला, काठमाडौं ६ मा २३ जना पुरुष र १ जना महिला उम्मेद्‍वार  चुनावी मैदानमा उत्रिएका छन् । 

    निर्वाचन आयोगका अनुसार, काठमाडौं क्षेत्र नं.७ मा २४ जना पुरुष र ५ जना महिलाकाे उम्मेद्‍वारी परेकाे छ भने काठमाडौं क्षेत्र नं.८ मा १७ जना पुरुष र २ जना महिलाले गरेर १९ जनाको उम्मेदवारी परेको छ ।

    यसैगरी काठमाडौं क्षेत्र नं.९ मा १७ जना पुरुष र ५ जना महिला गरी २२ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । काठमाडौं क्षेत्र नं.१० मा १७ जना पुरुष र २ जना महिला गरी कुल १९ जनाको उम्मेदवारी परेको छ । 

  • सम्बन्धित विषय:

  • # चुनाव – ०७९

  • तेस्रो आँखा
    लेखकबाट थप