दाङ । दाङ युवा मञ्चको अध्यक्षमा समीर वली चयन भएका छन् । मंगलबार घोराहीस्थित पौवा होटेलमा सम्पन्न विशेष साधारण सभाले वलीलाई अध्यक्षमा चयन गरिएको हो । यस्तै उपाध्यक्षमा निश्चल पोख्रेल, महासचिव शर्मिला खनाल, सचिवमा हिरा देवी बुढा चयन भएका छन् भने कोषाध्यक्ष जग्धिस घिमिरे, सह–कोषाध्यक्ष अभियान गौतम चयन भएका हुन् ।
सदस्यमा कमल पुरी, विवेक ज्ञवाली, मिरा अधिकारी, पुर्णिमा अधिकारी, पुष्पा भुसाल, शिव राज सिंह ठकुरी, लुमाकान्त डाँगी, भेषराज सिहं चौहान , केशव रावत , मोहित बस्नेत र केशव गिरीलाई ल्याइएको अध्यक्ष वलीले जनाए । उक्त कार्यसमितिले नयाँ सल्लाहकार समेत चयन गरेको छ ।
संरक्षकमा सविन प्रियासन, वरिष्ठ सल्लाहकार भुपेन्द्र विक्रम थापा र सल्लाहकारमा सुन्दर गौतम, रुपक थापा, साजिता सिद्दिकी र इन्द्र बहादुर रावत चयन भएका छन् । प्रेस सल्लाहकारमा भने छवि पुरी चयन भएका छन् ।
उक्त अवसरमा दाङ युवा मञ्चले संस्थागत टिसर्ट र खेलकुद जर्सी समेत सार्वजनिक गरेको छ ।
