• ट्रेण्डिङ्ग :
गर्ल्स टेक ओभर
कसरी मनाइन्छ बालिका दिवस ?

कसरी मनाइन्छ बालिका दिवस ?


एक दिनका लागि राष्ट्रिय बालअधिकार परिषद्को सदस्य सचिव बनिन् १९ वर्षीय प्रमिला

  • 4.9K
    SHARES
    • आश्विन २५, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 7.6K Views

    कसरी मनाइन्छ बालिका दिवस ?

    काठमाडौं । अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा विश्वभर ‘गर्ल्स टेक ओभर’ कार्यक्रम हुन्छ ।  ‘अब हाम्रो पालोः हाम्रो अधिकार, हाम्रो भविष्य’ नारासहित बालिका दिवसको अवसरमा ‘गर्ल्स टेक ओभर’ (बालिका तथा किशोरीलाई पद हस्तान्तरण) गरेर नेपालमा पनि मनाइएको छ ।

    images

    ‘गर्ल्स टेक ओभर’ अभियानको  पहिलो चरण (अक्टोबर ११) मा राष्ट्रिय बालअधिकार परिषद्का सदस्य सचिवको जिम्मेवारी सिन्धुली मरिण गाउँपालिकाकी १९ वर्षीय किशोरी प्रमिला स्याङ्तेनलाई दिइएको हो । राष्ट्रिय बालअधिकार परिषद्का सदस्य सचिव  इन्द्रादेवी ढकालले एक दिनका लागि आफ्नो ठाउँमा प्रमिलालाई उभ्याएकी थिइन् । 

    एक दिनका लागि राष्ट्रिय बालअधिकार परिषद्का सदस्य सचिव बनेकी प्रमिलाले आफ्नो अनुभव यसरी सुनाइन्, ‘मलाई यो कुर्सीमा बस्दा निकै गौरवान्वित गर्व महसुस भयो । बालिका भएर पनि हामी अरूभन्दा कम छैनौँ । अवसर पायौँ भने अरू सरह  अगाडि बढ्न सक्छौँ भनेर नै आज मा यहाँ आएको छु ।’

    उनले एक दिनका लागि पद ग्रहण गरेसँगै किशोरीहरूले भोग्नु पर्ने उत्पीडन, बालिकाहरूलाई लक्षित स्थानीय सरकारको भूमिका लगायतको किशोरीहरू तथा बालिकाहरू सम्बन्धी थुप्रै विषयहरू छलफल समेत गरेकी थिइन् ।

    साथै ७५३ वटै स्थानीय तहमा अविलम्ब स्थानीय बालअधिकार समितिको गठनकालागि समन्वय गर्न पनि आग्रह गरिन् । विभिन्न जिल्लाका किशोरीहरू मिली तयार पारिएको ९ बुँदे  ज्ञापन पत्र १७ वर्षे किशोरी गरिमा थापाले परिषद्का सदस्य सचिवलाई हस्तान्तरण गरेकी थिइन् ।

    एक दिनका लागि आफ्नो भूमिका प्रमिलालाई दिने बालअधिकार परिषद्का सदस्य सचिव इन्द्रादेवी ढकालले अन्तर्राष्ट्रिय बालिका दिवसको शुभकामना दिँदै भनिन्, ‘हाम्रो जस्तो पुरुषप्रधान समाजमा बालिका हुनु अभिशाप नै हो जस्तो लाग्छ। महिला तथा बालिकाहरूको हक अधिकारको बारेमा जति नै सुकै स्तरमा छलफल गरेपनि, कानुन बने पनि त्यसको कार्यन्वयन पक्ष निकै फितलो रहेको छ। यद्यपि अहिले धेरै महिलाहरूले नेतृत्वदायी भूमिकामा आइरहनु भएको छ । गर्ल्स टेक ओवर जस्तो अभियानले बालिका तथा किशोरीहरूलाई नेतृत्वदायी भूमिकाहरू अनुसरण गर्न भित्री प्रेरणा प्रदान गर्ने छ।’

    अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा प्लान इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक राम किशनले गल्र्स टेकओभर एक उत्कृष्ट अवसर किशोरीहरूलाई निर्णायक भूमिकामा राखि उनीहरूको विचार तथा जीवनमा भोगेका चुनौतिका बारेमा जानकारी लिन संघ संस्थाहरूलाई अवसर प्रदान गर्ने बताए, ‘यसले बालिका तथा किशोरीहरूका साझा सवालमा निर्णायककर्ता, नेता तथा परिर्वतनका संवाहकहरूको दृष्टिकोण परिवर्तन गर्छ ।’

    सञ्चार तथा अभियानका निर्देशक प्रसेन खाति भन्छन्, ‘गर्ल्स टेक ओभर किशोरीहरूलाई सशक्त महसुस गराउन, उनीहरूका रोल मोडेलसँग साक्षात्कार गराउन र आफ्नो भविष्यका लागि प्रेरित गर्नका लागि एक उत्कृष्ट अवसर हो ।’  गत वर्ष कालिकोट, जुम्ला,  सिन्धुली, बाँके, बर्दिया र मकवानपुरका किशोरीहरूले मेयर र उपमेयरको जिम्मेवारी सम्हालेका थिए । प्रायः यस अभियान अन्तर्गत विभिन्न जिल्लाका किशोरीहरूले स्थानीय, जिल्ला र सङ्घीयस्तरका प्रमुख तथा उपप्रमुखको भूमिका निर्वाह गर्छन् ।

    के हो ‘गर्ल्स टेक ओभर’ अभियान ? 

    बाल अधिकार त्यसमा पनि विशेषतः बालिकाहरूलाई केन्द्रमा राखी कार्यरत संस्था प्लान इन्टरनेशनलले बालिका दिवसको अवसरमा विश्वभर नै ‘गर्ल्स टेक ओभर’ अर्थात ‘बालिका तथा किशोरीलाई पद हस्तान्तरण’ कार्यक्रम आयोजना गर्दै आएको छ । यो किशोरी सशक्तिकरणको एक नियमित अभियान हो । नेपालमा बालिका केन्द्रित विभिन्न नागरिक समाजहरूसँगको हातेमालोमा हामी दाजुभाइ संस्थाको प्राविधिक सहयोगमा विगत झैं यस वर्ष पनि संघीय र जिल्लास्तरमा अभियानलाई निरन्तरता दिएको छ । 

    यस वर्ष संघीयस्तरका संघसंस्थाहरूका साथसाथै जुम्ला, कालिकोट, डोल्पा, मकवानपुर, धनुषा, सिन्धुली, सुर्खेत जिल्लामा अक्टुबर र नोभेम्बर महिनामा विभिन्न सरकारी निकाय, सघंसंस्था, मिडिया, दुताबास, शैक्षिक संस्था लगायतमा प्रमूख व्यक्तिको कार्यभार एक दिनका लागि एक किशोरीलाई हस्तान्तरण गरिने छ ।

    त्रिभुवन विश्वविद्यालय लैङ्गिक अध्ययन विभागका विभागिय प्रमुख, प्लान इन्टरनेशनल नेपालको राष्ट्रिय निर्देशक, नेपाल पत्रकार महासंघको प्रमुख, कार्यकारी निर्देशक लगायतको भूमिकामा एक दिनका लागि विभिन्न जिल्लाहरूबाट आएका किशोरीहरूले नेतृत्व हस्तान्तरण भएको छ ।

    जिल्ला, प्रदेश,संघीयस्तरमा हुने प्रत्येक पदभार ग्रहणकोसमयमा किशोरीबाट पदीय जिमेवारीमा रहि किशोरीमाथि लगानी, समावेिशतामा आधारित किशोरी लक्षित कार्यक्रम र किशोरी तथा युवा महिलाकोशक्ति र नेतृत्वको बारेमा संस्थाको प्रतिबद्धता रहने र हुनुपर्ने कुरामा छलफल भइरहेको छ ।

    अधिकांश समय राजनीतिलाई पार्टिगत रुपमा मात्र हेरिएको तर संरचनागत विभेद, शक्ति र अवसरसँग नजोडिएकोले यस पटक बालिका दिवसको अवसरमा किशोरीको राजनीतिक अधिकारको विषयमा आवाज उठाएको कुरा आयोजक संस्था मध्येका ‘हामी दाजुभाइ’की उपाध्यक्ष पूजा श्रेष्ठले बताइन् ।

    ‘गर्ल्स टेक ओभर’सँग क–कसको साझेदारी ?

    गर्ल्स टेक ओभर बालिका अधिकारका लागि क्रियाशिल संस्थाहरू, हामी दाजुभाइ, प्लान इन्टरनेशनल नेपाल, ग्रामीण महिला सेवा केन्द्र, मकवानपुर, जनजाती समाज विकास समिति, सिन्धुली, सामुदायिक समाज उत्थान केन्द्र, सुनसरी, मानवअधिकार तथा वातावरण केन्द्र, कालिकोट, स्याक नेपाल, बाँके, आत्मसम्मानका लागि सहकार्य, जुम्ला, बी–ग्रुप बाँके, बर्दिया लगायतका संस्थाहरूको साझा अभियान हो ।

    के हो प्लान इन्टरनेशनल नेपाल ? 

    प्लान इन्टरनेशनल बालबालिकाको अधिकार र किशोरीहरूको समानताका लागि क्रियाशील विकास र मानवीय सहायतासम्बन्धी एक स्वतन्त्र संस्था हो । बालबालिकाको शक्ति र सामथ्र्यमा विश्वास गर्दै किशोरी र बालिका केन्द्रित कार्यक्रम यस संस्थाले ८० वर्षदेखि संसारभर आवाज उठाउँदै आइरहेको छ । हाल संसारका ७५ वष देशमा क्रियाशील प्लान इन्टरनेशनल नेपालमा भने विगत ४४ वर्षदेखि कार्यरत छ । बालिका अधिकारका लागि स्थानीय, संघीय हुँदैविश्वस्तरमा यस संस्थालेआवाज उठाउँदै आइरहेको छ ।

    के हो यो ‘हामी दाजुभाइ’ ? 

    हामी दाजुभाइ’ लैंगिक समानता र सामाजिक न्यायको लागि काम गर्ने एक गैरसरकारी संस्था हो । पुरुष र पुरुषत्वमा केन्द्रित रहेर काम गर्ने यस संस्था सन् २०१९ मा स्थापना भइ क्रियाशील रहँदैआएकोछ । फेिमनिज्म र पुरुष सम्मेलन, वी मेन क्लब, स्कुल अफ फेमिनिज्म यसका प्रमुख कार्यक्रमहरू हुन् ।

    अन्तर्राष्ट्रिय बालिका‘ दिवस ? 

    हरेक वर्ष ११ अक्टोबरमा अन्तर्राष्ट्रिय बालिका‘ दिवस’ मनाउने गरिएको छ । सन् २०११ मा संयुक्त राष्ट्र संघले हरेक वर्ष अक्टोबर ११ लाई बालिका दिवस घोषणा गरेसँगै अन्तर्राष्ट्रिय बालिका दिवस सन् २०१२ देखि संसारभर मनाउन थालिएको हो । बालिका दिवस सुरु भएको एक दशक पुरा भएको सन्दर्भमा यस वर्ष अझ विशेष बनेको छ । 

    समाजमा जकडिएको लैंगिक विभेदका कारण बालकको तुलनामा बालिका तथा किशोरीहरू बढी विभेद, हिंसा, दुव्र्यवहारको जोखिममा हुने भएकोले यो दिवसको परिकल्पना गरिएको हो । यस वर्षको बालिका दिवसको नारा ‘अब हाम्रो पालोः हाम्रो अधिकार, हाम्रो भविष्य’ रहेको छ । 

  • सम्बन्धित विषय:

  • # ‘गल्र्स टेक ओभर’

  • तेस्रो आँखा
    लेखकबाट थप