• ट्रेण्डिङ्ग :
कांग्रेस महामन्त्रीको मतगणना केहीबेरमै सुरु हुने

कांग्रेस महामन्त्रीको मतगणना केहीबेरमै सुरु हुने


  • 7.1K
    SHARES
    • पौष १, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 10.9K Views

    कांग्रेस महामन्त्रीको मतगणना केहीबेरमै सुरु हुने

    काठमाडौं, १ पुस । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदका लागि मतगणना आज बिहानदेखि सुरु हुँदैछ ।

    images

    कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान ८ बजेदेखि मतगणना हुनेछ । महामन्त्रीका दुई सिटका प्रकाशशरण महत, प्रदीप पौडेल, गगन थापा, मीनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा र राजाराम कार्की उम्मेदवार छन् । महत र पौडेल सभापति शेरबहादुर देउवा समूहबाट हुन् भने थापा र रिजाल डा. शेखर कोइराला समूहबाट चुनावी मैदानमा छन् । शर्मा प्रकाशमान सिंह समूहबाट लड्दा कार्की विमलेन्द्र निधि समूहबाट उम्मेदवार छन् ।

    यस अघि सभापतिमा शेरबहादुर देउवा तथा उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् । 


    तेस्रो आँखा