• ट्रेण्डिङ्ग :
निर्वाचन आयोगले भन्यो- मत सर्वेक्षण नगर्नू

निर्वाचन आयोगले भन्यो- मत सर्वेक्षण नगर्नू


  • 4.2K
    SHARES
    • आश्विन २७, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 6.5K Views

    निर्वाचन आयोगले भन्यो- मत सर्वेक्षण  नगर्नू

    काठमाडौं । राजनीतिक दल वा उम्मेद्‌वारले आगामी संसदीय निर्वाचनका लागि मत सर्वेक्षण गर्न नपाउने भएका छन् ।

    images

    निर्वाचन आयोगले मत सर्वेक्षण गर्न रोक लगाउने निर्णय गरेको हो । आयोगले निर्वाचन आचारसंहिताविपरीत कुनै पनि माध्यमबाट उम्मेद्‌वार तथा राजनीतिक दलबारे मत सर्वेक्षण नगर्न निर्देशन दिएको छ । 

    आयोगले मत सर्वेक्षण गरेमा एक लाख रुपैयाँसम्म कारबाही हुने चेतावनी दिएको छ । निर्वाचन आचारसंहिताले उम्मेद्‌वारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेद्‌वार वा राजनीतिक दलको मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने व्यवस्था गरेको छ ।


    तेस्रो आँखा