• ट्रेण्डिङ्ग :
राप्रपाका नगर सभापति श्रेष्ठ कांग्रेस प्रवेश

राप्रपाका नगर सभापति श्रेष्ठ कांग्रेस प्रवेश


  • 3.7K
    SHARES
    • आश्विन २८, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 5.7K Views

    राप्रपाका  नगर सभापति श्रेष्ठ कांग्रेस प्रवेश

    बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का सिद्धार्थनगर नगरपालिकाका सभापति चन्द्रभक्त श्रेष्ठ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनी नेवा खलः सिद्धार्थ नगर समितिको उपाध्यक्ष पनि हुन् । लुम्बिनी विकास कोषमा काम गरिसकेका श्रेष्ठ प्राकृतिक चिकित्सा विज्ञानमा समेत दख्खल राख्छन् ।

    images

    कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण र जिल्ला सभापति रामकृष्ण खाँणले आज  उनलाई पार्टीको सदस्यता प्रदान गरेका हुन् ।
     पार्टी प्रवेश गरेलगत्तै उनलाई कांग्रेस रुपन्देहीको आमन्त्रित जिल्ला सदस्यमा नियुक्त गरिएको जिल्ला सभापति खाँणले बताए ।
      


    तेस्रो आँखा