• ट्रेण्डिङ्ग :
पर्यटन
९५० आरोहीले पाए हिमाल चढ्ने अनुमति 

९५० आरोहीले पाए हिमाल चढ्ने अनुमति 


  • 5.5K
    SHARES
    • आश्विन २८, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 8.5K Views

    ९५० आरोहीले पाए हिमाल चढ्ने अनुमति 

    काठमाडौं । यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि एक सय आठ आरोही समूहका ९५० आरोहीले आरोहणको अनुमति लिएका छन् ।

    images

    पर्ययटन विभागका अनुसार यस सिजनमा सगरमाथा (८,८४८.८६ मिटर), मनास्लु (८,१६३ मिटर) लगायत ३५ हिमाल तथा चुली आरोहणका लागि धमाधम आरोही आइरहेका छन् । यस अवधिमा सबैभन्दा बढी मनास्लु आरोहणका लागि ३८ आरोही समूहका चार सय चार आरोहीले आरोहण अनुमति लिएका छन् ।
     
    विभागको पर्वतारोहण शाखाको विवरणमा सगरमाथा आरोहणका लागि एक समूहका पाँच आरोहीले अनुमति पाएका छन् । अमादब्लङ (६,८१४ मिटर) हिमाल आरोहणमा ११ आरोही समूहका एक सय ३१ जनाले अनुमति पाएका छन् । हिम्लुङ हिमालका (७,१२६ मिटर) मा १४ आरोही समूहका एक सय ४४ जनाले आरोहण अनुमति लिएका छन् ।

    यस्तै, धौलागिरि (८,१६७ मिटर) आरोहणका लागि चार आरोही समूहका ३४, नुप्से (७,८५५) आरोहणका लागि एक समूहका आरोहीले अनुमति लिएका छन् । अमादब्लङलगायत मिहाल आरोहणका लागि अहिले पनि आरोहण अनुमति जारी भइरहेको विभागले जनाएको छ ।

    यस सिजनमा हिमाल आरोहणबाट हालसम्म सात करोड १० लाख ३१ हजार ६ सय ४७ रोयल्टी जम्मा भएको विभागले जनाएको छ । हिमाल आरोहणका लागि हालसम्म नेपालसहित ६८ मुलुकका नौ सय एक आरोही यहाँ आएका हुन् ।
      
    विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले आरोहण धमाधम चलिरहेको जानकारी दिए । उनले अहिले पनि केही हिमालमा आरोहण अनुमति पनि जारी भइरहेको बताए । उनका अनुसार मनास्लु आरोहण लगभग सकिएको छ तर, के-कति सङ्ख्यामा आरोही मनास्लुको चुचुरोमा पुगे भन्ने विस्तृत विवरण आइसकेको छैन ।

    अघिल्ला वर्षमा झैं यो वर्ष पनि मनास्लु आरोहणमा आरोहीको आकर्षण देखिएको छ । विश्वको आठौँ अग्लो र नेपालको सातौँ अग्लो मनास्लु हिमाल आरोहणका लागि सर्वाधिक सङ्ख्यामा आरोही गएका हुन् । शरद ऋतु मनास्लु आरोहणका लागि उपयुक्त मौसम मानिने भएकाले सर्वाधिक आरोहीको रोजाइँमा पर्ने गरेको नेपाल पर्वतारोहण संघले जनाएको छ ।

    सेभेन समिट ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक मिङ्‌मा शेर्पाले यो सिजनमा पनि धेरै सङ्ख्यामा आरोही मनास्लु आरोहणमा गएको बताए । गोरखाको आरुखेतमा रहेका उनले दिएको जानकारी अनुसार यस सिजनको मनास्लु आरोहण करिब अन्तिम चरणमा छ । अधिकांश आरोही आरोहण सकेर फर्किने क्रममा रहेका छन् । उपयुक्त मौसम मानिएकाले हरेक वर्ष मनास्लु आरोहणमा सर्वाधिक आरोही आउने गरेका प्रबन्ध निर्देशक शेर्पाको भनाइ छ ।

    सन् १९५६ मे ९ तारिखमा जापानका नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले आठ हजार १६३ मिटर अग्लो मनास्लुको सफल आरोहण गरेका थिए । 

    • फाइल फाेटाे

  • सम्बन्धित विषय:

  • # पर्ययटन विभाग

  • तेस्रो आँखा
    लेखकबाट थप