• ट्रेण्डिङ्ग :
युक्रेनविरुद्ध ठूलो आक्रमण आवश्यक छैन : पुटिन

युक्रेनविरुद्ध ठूलो आक्रमण आवश्यक छैन : पुटिन


  • 3.8K
    SHARES
    • आश्विन २८, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 5.9K Views

    युक्रेनविरुद्ध  ठूलो आक्रमण आवश्यक  छैन : पुटिन

    मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध ‘तत्कालका लागि’ थप ‘ठूलो’ आक्रमणको योजना नरहेको बताएका छन् ।

    images

    कजाकिस्तानमा पूर्व सोभियत राष्ट्रहरूको शिखर सम्मेलनपछि पत्रकारहरूसँग उनले भने, 'अहिले ठूलो आक्रमणको आवश्यकता छैन । अहिलेका लागि त्यहाँ अन्य कामहरू आवश्यक छन् ।'

    रूसले युक्रेनको राजधानी किएभलगायत सम्पूर्ण क्षेत्रमा क्षेप्यास्त्र आक्रमण गरेको केही दिनपछि उनले सो कुरा बताएका हुन् । फेब्रुअरी २४ मा युक्रेनमा सेना पठाएका पुटिनले मित्रराष्ट्रहरूबाट समेत अलगाव र आलोचनाको सामना गरिरहेका छन् ।  तर युक्रेनमा सरकार ढाल्ने असफल प्रयास र हप्तौंदेखिको क्षेत्रीय क्षतिका बावजुद रूसले ‘सबै कुरा ठीक गरिरहेको’ उनले बताए ।  

    उनले भने, 'आज जे भइरहेको छ, त्यो सुखद छैन । यदि रूसले फेब्रुअरीमा आक्रमण नगरेको भए हामी पनि त्यस्तै अवस्थामा हुने थियौं । केवल हाम्रो लागि स्थिति खराब हुने थियो ।' रूसी नेता पुटिनले थपे, 'त्यसैले हामी सबै कुरा ठीक गरिरहेका छौं।'

    यद्यपि उनले मस्कोका पूर्व सोभियत सहयोगीहरू द्वन्द्वलाई लिएर ‘चिन्तित’ रहेको स्वीकार गरेका छन् ।  उनले रूसमा परिचालन विस्तार गर्ने आफ्नो कुनै योजना नरहेको पनि बताएका छन् ।  

    पुटिनले भने, 'थप केही पनि योजना छैन । रक्षा मन्त्रालयबाट कुनै प्रस्ताव प्राप्त भएको छैन र म निकट भविष्यमा कुनै थप आक्रमणको आवश्यकता देख्दिनँ ।' उनले यसद्धका लागि तीन लाख जनशक्ति परिचालन गर्ने लक्ष्य रहेकोमा दुई लाख २२ हजार जनशक्ति परिचालन गरिएको पनि बताउँदै करिब दुई हप्ताभित्र सबै परिचालनका काम सम्पन्न हुने उल्लेख गरे । 


    तेस्रो आँखा