• ट्रेण्डिङ्ग :
डडेलधुरामा कर्ण मल्ललाई नसघाउने एमालेको घोषणा

डडेलधुरामा कर्ण मल्ललाई नसघाउने एमालेको घोषणा


  • 4.5K
    SHARES
    • आश्विन २८, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 6.9K Views

    डडेलधुरामा कर्ण मल्ललाई नसघाउने एमालेको घोषणा

    काठमाडौं । नेकपा एमाले, डडेलधुराले नेपाली कांग्रेस बीपीसँग गरेको चुनावी तालमेल भंग भएको घोषणा गरेको छ । सहमतिविपरीत बीपी कांग्रेसले डडेल्धुराको प्रदेश निर्वाचन क्षेत्र २ मा आफ्ना उमेदवारलाई नभई स्वतन्त्र उमेदवारलाई समर्थन गरेको भन्दै एमालेले चुनावी तालमेल भंग गरेको हो । 

    images

    आज बसेको एमाले जिल्ला कमिटीको बैठकले बीपी कांग्रेसले प्रदेशसभा २ मा स्वतन्त्र उमेदवारसँग तालमेल गर्ने निर्णय गरेपछि सहमति भंग गरेको हो । 

    एमालेले प्रतिनिधिसभामा कांग्रेस बीपीका कर्ण मल्ललाई सघाएको थियो भने प्रदेशसभाको क र ख दुबैमा कांग्रेस बीपीले एमालेलाई सघाउने सहमति भएको थियो । त्यसअनुसार एमालेले चत्रप्रसाद स्नेहीको उम्मेदवारी समेत फिर्ता गराएको थियो ।

    तर आफूहरुसँग भएको सहमति विपरीत कांग्रेस बीपीले प्रदेशसभा ख मा स्वतन्त्र उम्मेदवारसँग तालमेल गरेको भन्दै एमालेले आपत्ति जनाएको छ ।  

    यो निर्णय कार्यान्वयन भए डडेलधुराको प्रतिनिधिसभामा एमालेको उम्मेदवार कोही हुने छैनन् । प्रदेशसभामा भने क मा पठान सिंह बोहरा र ख मा गजेन्द्रबहादुर शाही उम्मेदवार छन् ।


    तेस्रो आँखा