• ट्रेण्डिङ्ग :
कांग्रेसको मधेस प्रदेश प्रचार प्रमुखमा पुन: नीतेश गुप्ता

कांग्रेसको मधेस प्रदेश प्रचार प्रमुखमा पुन: नीतेश गुप्ता


  • 5.4K
    SHARES
    • आश्विन २९, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 8.4K Views

    कांग्रेसको मधेस प्रदेश प्रचार प्रमुखमा पुन: नीतेश गुप्ता

    काठमाडौं  । नेपाली कांग्रेस मधेसले पार्टीका प्रदेश सदस्य नीतेशकुमार गुप्तालाई पुन: सूचना सञ्चार र प्रचार विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।

    images

    प्रदेश सभापति कृष्णप्रसाद यादवले गुप्ताको राजीनामा अस्वीकृत गरेपछि उनी पुनः जिम्मेवारीमा फर्किएका हुन् । मधेस प्रदेश समिति कांग्रेसले अपांगता भएका व्यक्तिलाई समानुपातिक बन्दसूचीमा समावेश नगराएकोमा असन्तुष्टि गुप्ताले पदबाट राजीनामा दिएका थिए । 

    शुक्रबार कांग्रेस मधेस प्रदेशले गुप्ताको जिम्मेवारी यथावत् नै रहेको महामन्त्री वृहस्पतिकृष्ण श्रेष्ठले विज्ञप्तिमार्फत जनाएका छन् । उनले प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेद्‌वारलाई विजय गराउन संगठनलाई बलियो बनाउन गुप्तालाई निर्देशनसमेत दिएका छन् ।

    मधेस प्रदेशमा कांग्रेसका गतिविधि विभिन्न माध्यमबाट प्रचार हुने गुप्ताले बताए । 'पार्टी बलियो बनाउन मलाई दिएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्छु । कांग्रेस पार्टीले  निश्चित रूपमा एक दिन मेरो मूल्यांकन गर्नेछ भन्ने विश्वास छ,' गुप्ताले भने ।


    तेस्रो आँखा