• ट्रेण्डिङ्ग :
आचारसंहिता उल्लंघन गर्ने ६ व्यक्ति र ८ संस्थालाई आयोगले सोध्यो स्पष्टीकरण

आचारसंहिता उल्लंघन गर्ने ६ व्यक्ति र ८ संस्थालाई आयोगले सोध्यो स्पष्टीकरण


  • 3.2K
    SHARES
    • आश्विन २९, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 5.0K Views

    आचारसंहिता उल्लंघन गर्ने ६ व्यक्ति र ८ संस्थालाई आयोगले सोध्यो स्पष्टीकरण

    काठमाडौं । निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ६ व्यक्ति र ८ संस्थालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । आयोगमा परेका उजुरी तथा प्राप्त जानकारीका आधारमा आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत विभिन्न पार्टीका नेता र संस्थालाई स्पष्टीकरण सोधेको हो ।

    images

    निर्वाचन आचारसंहिता उल्लंघनका सम्बन्धमा आयोगमा परेका उजुरीलगायत विषयमा स्पष्टीकरण सोधिएको सहायक प्रवक्ता कमल भट्टराईले बताए ।

    उनका अनुसार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाराको पचरौता नगरपालिकाका प्रमुख जलन्धर सिंह जैसवार, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अधिकृत गोकुल वस्तीलाई स्पष्टीकरण सोधिएको छ ।
     

    आयोगका सहायक प्रवक्ता कमल भट्टराईका अनुसार नुवाकोट-१का उम्मेदवार बद्री मैनाली पनि आयोगले स्पष्टीकरण सोधेको छ । त्यस्तै, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अर्थ मन्त्रालयलाई आयोगको सहमति बमोजिम मात्र कार्यसम्पादन गर्न आयोगले निर्देशन दिएको छ ।

    यस्तै, भट्टराईले जनमत पार्टीका अध्यक्ष डा‍ चन्द्रकान्त (सीके) राउत, हाम्रो नेपाल पार्टीका अध्यक्ष अनन्तराज घिमिरे, प्रतिनिधिसभातर्फ नुवाकोट क्षेत्र नम्बर–१ बाट उमेदवार बनेका बद्री मैनालीलाई स्पष्टीकरण सोधिएको  जानकारी दिए ।  

    यसैगरी, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अर्थ मन्त्रालयलाई आयोगको सहमतिबमोजिम मात्र कार्यसम्पादन गर्न तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सहरी विकास मन्त्रालय, नेपाल प्रज्ञा प्रतिष्ठान, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, बिमा समिति र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशलाई स्पष्टीकरण सोधिएको उनले जानकारी दिए ।


    तेस्रो आँखा