• ट्रेण्डिङ्ग :
आजकाे माैसम
मनसुन बाहिरिँदै, अधिकांश स्थानको मौसम सफा

मनसुन बाहिरिँदै, अधिकांश स्थानको मौसम सफा


  • 6.8K
    SHARES
    • आश्विन ३०, २०७९ आइतबार
    • ३ बर्षs अघि
    • 10.5K Views

    मनसुन बाहिरिँदै, अधिकांश स्थानको मौसम सफा

    काठमाडौं । यस वर्षको मनसुन आजबाट क्रमशः बाहिरिँदै गएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। 

    images

    आज आइतबार सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा  मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। 

    आइतबार राति देशको पहाडी भू-भागमा आंशिक बदली रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा महाशाखाले जनाएको छ  ।  
     
     
      

  • सम्बन्धित विषय:

  • # मौसम

  • तेस्रो आँखा