• ट्रेण्डिङ्ग :
रुसको सैन्य तालिम केन्द्रमा गोली चल्दा ११ जनाको मृत्यु

रुसको सैन्य तालिम केन्द्रमा गोली चल्दा ११ जनाको मृत्यु


  • 4.2K
    SHARES
    • आश्विन ३०, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 6.5K Views

    रुसको सैन्य तालिम केन्द्रमा गोली चल्दा ११ जनाको मृत्यु

    काठमाडौं । रुसको सैन्य तालिम केन्द्रमा गोली चल्दा ११ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

    images

    युक्रेनविरुद्ध लड्ने स्वयंसेवकहरुलाई हतियार चलाउने तालिम दिने स्थानमा बन्दुक आक्रमण भएको हो । युक्रेनसँग सिमाना जोडिएको रुसको बेलगोरोड क्षेत्रमा यो घटना भएको बताइएको छ । उनीहरु आतंककारी भएको पनि मन्त्रालयले जनाएको छ ।


    रुसी रक्षा मन्त्रालयले आक्रमणकारीहरु पूर्व सोभियत गणतन्त्रका भएको भने पनि थप जानकारी दिएको छैन । आक्रमणमा दुई जना संलग्न भएको जनाइएको छ । उनीहरु तालिम केन्द्रमा कसरी प्रवेश गर्न सफल भए भन्ने खुलेको छैन ।

    गत महिना रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पहिले सैन्य सेवा गरेका ३ लाख रुसी नागरिकलाई युक्रेनविरुद्धको लडाइँमा प्रयोग गर्न आदेश दिएका थिए । यो आदेशको विरोधमा रुसभर विरोध प्रदर्शन भएको थियो भने धेरैले देश छाडेका थिए ।


    तेस्रो आँखा